बेलबारीः जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मोरङमा अध्यक्षसहित सञ्चालक समितिका केही पद सर्वसम्मत चुनिए पनि केही पदमा भने निर्वाचन भएको छ ।

अध्यक्षका उम्मेद्वार प्रेमप्रकाश कोइराला उपाध्यक्षमा बस्न राजी भएपछि अध्यक्षमा सोमनाथ निरौला निर्विरोध निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा बिना राई, सचिवमा एकराज निरौला, सह सचिवमा कृष्णराज खतिवडा र कोषाध्यक्षमा जीवन बस्नेत पनि निर्विरोध निर्वाचित भएका छन् । राई यस अघि पनि सोही पदमा थिइन् भने निरौला कोषाध्यक्ष थिए । खतिवडा ६ वर्षदेखि सञ्चालक सदस्य र बस्नेत लेखा सदस्य थिए ।

त्यसैगरी, लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा विष्णु ओझा निर्विरोध निर्वाचित भएका छन् । ओझा यसअघि सहसचिव थिए । सदस्य पदमा भने निर्वाचन भएको छ । निर्वाचनबाट वीरबहादुर घिमिरे, युवराज दाहाल, ढकबहादुर थापा, तीर्थबहादुर कार्की, महेन्द्र ढुङ्गाना र उमेश गुरुङ निर्वाचित भएका छन् ।

यस्तै, लेखा समितिमा खगेन्द्रप्रसाद सुवेदी र घनश्याम ढकाल निर्वाचित भएका छन् ।

jilla bachat morang  (1) jilla bachat morang  (3)