इटहरीः ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई झापामा कार्यरत आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहानसहित तीन जनाविरुद्ध चार लाख रुपियाँ भ्रष्टाचार आरोप लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार चौहानसहित इन्जिनियर रवीन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलले सडक निर्माणको कार्य अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग सो रकम घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जानकारी दिए। 

आरोपितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।