इटहरीः नौ बर्ष थाइल्याण्डमा अध्ययन गरि स्वदेशमै केही गर्ने अभिलाशा बोकेर आफु जन्मिहुर्केको सुनसरी धरान १२ आफ्नो घर फर्किएका २१ बर्षीय सुरज मगर यतिबेला मर्नुको कि बाँच्नुको अवस्थामा पुगेका छन् । 

आफन्तका नाममा सँगै हुनु भएका उनका बुबा र आमा उनी सानै हुँदा पालै पालो परलोक भए । उनका स्थानीय छरछिमेकीहरु र टाँढाका आफन्तहरुले आवश्यक सरसहयोग गरी अध्ययनका लागि ९ बर्षअघि थाइल्याण्ड पठाए । 

थाइल्याण्ड जानु अघि उनले आफ्नो जन्म दर्ताका आधारमा जिल्ला प्रशासन कार्यालय इनरुवा सुनसरीबाट नाबालक परिचय पत्र निकाले । त्यसैको आधारमा नाबालक हुँदै पासपोर्ट(राहदानी) निकाले उनी फर्किएर देशै सेवा गर्ने ठूलो अभिलाशा मनमा संगालेर थाइल्याण्ड गए ।

९ बर्ष थाइल्याण्डमा रहेर उनले इलेक्ट्रिक इन्जिनियरिङमा डिप्लोमा लेभलको पढाईसकेर अब स्वदेश(नेपाल) मै केही गर्ने सपना बुनेर उनी केही महिना अघि मात्रै धरान फर्किए । 

उमेरले २१ लागेका सुरजसँग थाइल्याण्ड जाँदा ताका जिल्ला प्रशासन कार्यालय इनरुवामा बनाएको नाबालकको परिचयपत्र, त्यसको आधारमा बनाइएको राहदानी(पासपोर्ट) मात्रै साथमा थियो । 

384508754_683603377167187_5120868245027133379_n

379667189_1467998237375834_973139375253163911_n

धरान आएपछि स्वदेशमै केही योजना बनाएका सुरजलाई नागरिकताको आवश्यकता पर्यो । उनी त्यसका लागि आफुले पहिला बनाएको कागजात, धरान १२ मा रहनु भएका आफ्ना बुबा आमाको मृत्यु दर्ताको प्रमाणपत्र , बुबा आमाकै नागरिकताको प्रतिलिपि लिएर नागरिकताका लागि आवश्यक सल्लाहाका लागि इलाका प्रशासन कार्यालय धरान पुगे । त्यहाँका कर्मचारीहरुले नियम अनुसार सनाखत गर्ने एकाघरका आफन्त कोही नभएकाले प्रहरी र वडा कार्यालय मार्फत सर्जमिन मुचुल्का बनाउन सल्लाहा दिने काम भयो । 

उनले उनिहरुको सल्लाहा अनुसार नै धरान उपमहानगरपालिका वडा नम्बर १२ बाट सर्जिमिन मुचुल्का तयार गरे । त्यसमा वडा नम्बर १२ का वडाअध्यक्षले सुरज र उनका बुबा आमालाई राम्रोसँग चिने जानेकाले सनाखत नै गरिदिए । सो वडाका अन्य दुई जना जनप्रतिनिधिहरुले पनि सहि छाप गरिदिए । सो वडाका दर्जन जतिले उनी टुहुरा भएको र धरान १२ मा जन्मिहुर्कीएको भनि स्पष्ट खुलाएरै लेखिएको सर्जमिन लिखतमा सहि छाप गरिदिए । 

इलाका प्रशासन कार्यालय धरानकै कर्मचारीहरुको सल्लाहा अनुसार इलाका प्रहरी कार्यालय धरान र वडा कार्यालयले गरेको कागजात तथा सिफारिस लिएर सुक्रबार(हिजो) नागरिकताका  प्रमाणपत्रका लागि इलाका प्रशासन कार्यालय धरानमा निवेदन पेश गरेका सुरजलाई कारण नै बिना नागरिकता दिन नसक्ने भन्दै घर फर्कादिए । 

 अध्ययनका लागि थाइल्याण्ड जानुअघि जिल्ला प्रशासन कार्यालय इनरुवामा बनाइएको नाबालक परिचय पत्र र राहदानी(पासपोट),बुबा आमाको मृत्युदर्ता, नागरिकताको प्रतिलिपि, प्रहरी कार्यालयबाट गरिएको सर्जजिमन मुचुल्काको प्रमाणित कागजात, वडा अध्यक्षबाट सनाखत गरिएको सिफारिस सहितको पत्र पेश गर्दा पनि सो कार्यालयका अधिकृत लोकमान श्रेष्ठले यस्तो कागजात लिएर आउँदैमा नागरिकता पाइन्छ भनि हप्काउँदै आफुलाई फर्काईदिएको सुरजले बताए । 

suraj 1

श्रेष्ठले पहिला वडा नम्बर ९ बाट सिफारिस ल्याउन खोज्ने अनि नभएपछि वडा नम्बर १२ बाट लिएर आउने ? यसकारण तिमिलाई नागरिकता दिन सकिदैन भन्दै खाली हात फर्काईदिएको उनले बताए । आफु सानै हुँदा बुबा कृष्णकुमार मगर र आमा सुनिता मगरको स्वर्गवास भएकाले बुबा आमा बस्नुभएको वडा कुन हो भन्ने दुविधा भएको तर आफन्तहरुको सहयोग र हालका वडाअध्यक्ष टंकबहादुर राईको सहयोगमा वडा नम्बर १२ मा बुबा, आमा बस्नुभई आफुलाई पनि हुर्काएको प्रमाणित भएकाले सोही अनुसार सोही वडाबाट नागकिरताका लागि सोही वडाबाट आवश्यक प्रकृया अगाडि बढाएको सुरजले बताए । 

सुरज निराश हुँदै भन्छन –‘धेरै जसो मानिसहरु बाहिरी देश जाने बित्तिकै उत्तै हराउँछन् । म चाँही आफ्नै देश र ठाँउको मायाले यत्तै केही गरौं भन्ने सपना बुनेर धरान फर्किए । तर अहिले टुहुरो भएकै कारण मलाई गृहमन्त्रालय अन्तरगर्तको इलाका प्रशासन कार्यालय धरानका कर्मचारीहरुले नागरिकता नदिएर अनागरिक बनाउने काम गर्नुभयो । वहाँहरुको यसखालको कार्यले म न बाँच्नु न मर्नुको अवस्थामा पुगेको छु । गृहमन्त्रीलाई मेरो प्रश्न छ के हामी टुहुराले अनागरिक भएरै अकालमै मर्नु पर्ने हो ?’

suraj 3

उनले सबै प्रमाण आधार पेश गर्दा पनि आफूलाई दुःख दिने मात्रै नभएर मर्नु न बाँच्नुको अवस्था पुर्याउने कर्मचारीहरुमाथि कार्वाही माग पनि गरेका छन् । लाखौ करोडौमा विदेशीहरुलाई नागरिकता यस्तै कर्मचारीहरुले बेचेको मलाई यतिबेला झलझली याद आईरहेको छ । आफु खर्च गर्ने हैसियतको युवक पनि नभएको उनले बताए ।

टुहुरा भएकाले उनलाई डेढ महिनादेखि नागरिकताका लागि आवश्यक सहयोग गरिरहेका नाताले ठूलो बुबा पर्ने इटहरीका अर्जुन शर्माले सबै प्रकृया र प्रमाणीत कागजात पेश गर्दा पनि शाखा अधिकृत श्रेष्ठले हप्काएर निवेदन फिर्ता गरेको बताए । सुरज शर्माको सालीको छोरा हुन । 

इलाका प्रशासन कार्यालय धरान पुगेरै वडाअध्यक्ष आफैले सनाखत गरेको र सबै जिम्मेवारी आफुले लिने बताउँदा पनि शाखा अधिकृत श्रेष्ठले जनप्रतिनिधिहरुको कार्यलाई अपमान गरेको शर्माले बताए । 

वडाअध्यक्ष राईले सुरजलाई नागरिकता दिन नसकिने कुनै कारण नै आफुले नदेखेको बताए । इलाका प्रशासनका कर्मचारीहरुले अनावश्यक तनाव दिने काम मात्र गरेको उनले बताए । 

सुरजको निवेदन फिर्ता गरेपछि उनी निराश देखिएको र यस्तो भयो भने म बाँच्नुको के अर्थ भयो र भन्दै रुने गरेको शर्माले बताए । यहि कारण सुरजले तलमाथि गरेको यसको जिम्मेवारी राज्यले लिन्छ ? गृहमन्त्री र ती हप्काएर निवेदन फिर्ता गर्ने कर्मचारीले लिन्छन ? उनको प्रश्न छ । 

suraj 4


नेपालको कानूनमा कोही नभएका टुहुराहरुलाई संरक्षण गर्ने, पालनपोषण गर्ने संघ संस्थाका संचालकहरुले सनाखत गरेको अवस्थामा नागरिकताको प्रमाणपत्र दिनु पर्ने हुन्छ । त्यसरी धेरैले लिएका पनि छन् । तर, सबै प्रमाण सहित प्रहरी सर्जमिन, वडाको सिफारिस र वडाध्यक्षकै सनाखत हुँदापनि नागरिकता दिन नखोज्नुले कर्मचारीको नियम राम्रो नदेखिएको शर्माले बताए । 

इलाका प्रशासन कार्यालय धरानका कर्मचारीहरुको नियम र कार्यशैली ठिक नभएपछि आफुले सुरजको बारेमा स बिस्तार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई पनि दर्शाएको शर्माले बताए । पाण्डे आवश्यक कुरा बुझ्ने भन्ने आश्वासन मात्र दिएको उनले जनाए ।

suraj 6 

पहिलाकै मितिमा बुबा आमाको नाम खुलाएर नाबालक परिचयपत्र बनाएको , त्यसको आधारमा राहदानी समेत बनाएको , बुबा आमाको मृत्यु दर्ता प्रमाणपत्र र नागरिकताको. प्रतिलिपि समेत पेश गर्दा सुरजलाई नागरिकताको प्रमाणपत्र दिन कुनै कारणले रोक्न नहुने अधिवक्ता निराजन ओझाले बताए । सुरजले पेश गरेको माथि उल्लेखित कागजात हालसालैको मितिमा बनाएर पेश गरिएको हो भने मात्रै शंका गर्ने ठाँउ रहेको ओझाको भनाई छ  ।