इलामः आज १ बजे इलाम बजारमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको नागरिक अभिनन्दनको तयारी पूरा भएको छ । इलाम नगरपालिकाका मेयर महेश बस्नेतले नागरिक अभिनन्दन गर्न गौतम बुद्ध सभागृह छानिएको र आवश्यक तयारी पूरा भएको बताए । आज १ देखि २ बजे भित्र प्रधानमन्त्री इलाम आएपछि अभिनन्दन गरिने मेयर बस्नेतले बताए ।
यस्तै, सम्पूर्ण सुरक्षा व्यवस्था पनि मिलाइएको इलाम जिल्लाका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आज नेपाली सेनाको प्रमुख सुरक्षा घेरामा हुने प्रधानमन्त्रीको सुरक्षाको लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १ हजार हाराहारी सुरक्षाकर्मी तैनाथ हुनेछन् ।
आज इलाममा हुने लगानी सम्मेलनको अवसरमा प्रधानमन्त्रीको नागरिक अभिनन्दन हँुदैछ । लगानी सम्मेलनको स्वागत गरेको नेपाली काङ्ग्र्रेस इलामले प्रधानमन्त्रीको नागरिक अभिनन्दनको भने विरोध गरेको छ ।
प्रधानमन्त्री ओली साढे ३३ किलो सुन काण्ड, निर्मला पन्तको बलात्कार र हत्या प्रकरण र वाइडबडी खरिद प्रकरणमा मुछिएको भन्दै नेपाली काङ्ग्र्रेस इलामले अभिनन्दन बहिष्कार गर्न विज्ञप्तिबाट सार्वजनिक आग्रह गरेको छ ।