इटहरीः ठेकेदारको लापवाहीका कारण सडक कालोपत्रे नहुँदा इटहरी वडा नम्बर ६ स्थित संगीत चौंकका व्यवपारीहरुलाई दैनिक ४० लाख बढीको नोक्सान भएको खबर प्रकाशित भएको भोलिपल्ट काम सुरु भएको छ । केहीबेर अघिबाट कालोपत्रेको काम सुरु भएको स्थानीय व्यपारीहरुले बताएका छन् ।
कालोपत्रे नहुँदाव्यापारीलाई परेको नोक्सानका बिषयमा हिजो प्रदेश पोर्टलमा खबर प्रकाशित भएको थियो ।
व्यस्त चौंक प्रवेश गर्ने इटहरी–धरान सडक खण्डको सिद्धार्थ बैक छेउ,पारुहाङ्ग चौंक र इटहरी उपमहानगरको पछाडी पट्टीको स्थानमा बाँसको ढाँट लगाएर १० दिनअघिबाटआवतजावतमा बिना सुचना बाेर्ड प्रतिबन्ध लगाइएको थियो । जसकारण सो क्षेत्रको व्यपार व्यवसाय १० दिनसम्म चौपट्ट भएको थियो ।
१४ लाखमा उपभोक्ता समितिसंग ठेक्का लिएका ठेकेदार भीम पौडेलले २-३ दिनभित्रमै सडक कालोपत्रे गर्ने भनेपनिबिभिन्न बहना बनाएर १० दिनसम्म कालोपत्रे नगर्दा सो क्षेत्रका व्यवापारीहरुलाई दैनिक ४० लाख बराबरको नोक्सान भईरहेको थियो ।
इटहरीका धेरै होलसेल पसल सङ्गीतचोक आसपासमा छन् । सामान्य समयमा दैनिक ४० लाख सम्म कारोबार हुने सो क्षेत्रमा बाटो बन्द भएकै कारण अहिले ४–५ लाखको व्यापार हुनपनि मुस्किल भएको व्यापारीहरू बताउँछन् ।
उपभोक्ता समितिमार्फत् काम गराइएको सो बाटोमा उपमहानगरपालिकाले ९ लाख लगानी गरेको छ । नियमानुसार उपभोक्ता समितिलाई जिम्मादिएको काम उपभोक्ता समितिले आफैँ वा आफ्नो सुपरीवेक्षणमा गर्नुपर्ने भए तापनिअहिले निर्माण व्यवसायी भीम पौडेलको निर्माण कम्पनीसँग भर पर्दा काम ढिलो भएको उपभोक्ता समितिका अध्यक्ष सागर सुवेदीले बताए ।