केराबारीः निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले शनिबार एक कार्यक्रम गरी ४ परिवारलाई ८ लाख ७० हजार बराबरको मृत्युदाबी भुक्तानी गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा विभिन्न समयमा बीमा गरी मृत्यु भएका परिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । राहत रकम कम्पनीका प्रदेश नम्बर १ का इञ्चार्ज नरेन्द्रकुमार राईले हस्तान्तरण गरेका थिए ।

कम्पनीबाट १ वर्षअघि ४ लाख रुपैयाँको बीमा गरेका दिलकुमार फुयलको मृत्युपछि इटहरी–५ की प्राप्ति फुयाललाई ४ लाखको चेक दिइएको हो । फुयालको ४ महिना अघि हृदयाघातबाट मृत्यु भएको थियो । फुयालले अब बाँकी किस्ता तिर्नु नपर्ने र १६ वर्षपछि करिब ८ लाख पाउने बताइएको छ ।

त्यसैगरी इटहरी–७ की गीताकुमारी चौधरीलाई पनि ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । चौधरीका श्रीमान् फुलचन चौधरीले ३ वर्षअघि ३ लाख रुपैयाँको बीमा गरेका थिए । चौधरीले बाँकी किस्ता तिर्नु नपर्ने र २० वर्षपछि करिब ७ लाख रुपैयाँ पुन पाउने कम्पनीले जनाएको छ ।

मृत्युदाबी भुक्तानी अन्र्तगत पथरी शनिश्चरे–३ की दिव्या भट्टराईलाई १ लाख ५० हजार प्रदान गरिएको छ । दिव्याको बाल अमृत बीमा गराएकी उनकी आमा सलकुमारी मगरको मृत्यु भएकाले बीमाङ्क रकम दिइएको बताइएको छ ।

धनकुटाको साँघुरीगढी–२ का मान्बी लिम्बूलाई २० हजार रुपैयाँ राहत प्रदान गरिएको कम्पनीका प्रदेश प्रमुख राईले बताए ।
कार्यक्रममा कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक किसन शाही, पत्रकार त्रिलोचन पौडेल, व्यवसाय प्रबन्धक गङ्गा लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

bima dabi bhuktani  (1)