रुषा थापा

आगामी निर्वाचन २०८४ सालमा नेकपा एमालेका अध्यक्ष केपी ओली र महेश बस्नेतले वडाध्यक्ष समेत नजित्ने आम सर्वसाधारण बताउँछन् । ओली र बस्नेतका कारण एमाले पतानसाप भइसकेको छ । ओलीको कोम्बोडियामा ३० अर्ब रकम रहेको भनेर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भनिसकेका छन् । 

महेश बस्नेतका नजिकका मानिसहरु भन्छन्, ‘उनको खर्बो सम्पत्ति छ ।’ होटल, रेस्टुरेन्ट, जग्गा, क्रसर उद्योगलगायत क्षेत्रमा उनको धेरै लगानी रहेको बताइन्छ । हुन त पहिलादेखि नै ओली र बस्नेतलाई भ्रष्टाचारी र गुण्डा भनिन्थ्यो । तर, कसैले पनि यो कुरा खोलेर गर्न सकेको थिएन । 

जब दुर्गा प्रसाईंले ओली र बस्नेतको विरोधमा बोल्न सुरु गरे तब सर्वसाधारणले पनि आफ्नो मुख खोले । अहिले जताततै यीनीहरुको चर्को विरोध भइरहेको हुन्छ । एमालेकै कार्यकर्ताहरु ओली र बस्नेतप्रति सन्तृष्ट छैनन् । उनीहरु ओली र बस्नेतलाई पार्टीबाट ननिकाले आगामी निर्वाचनमा एक सिट पनि नजित्ने बताउँछन् ।

rusa thapa

दुर्गा प्रसाईं पनि पहिल एमालेकै केन्द्रिय सदस्य थिए । प्रसाईंलाई ओली र बस्नेतले गालीगलौज गर्दा तथा कारबाही गर्दा आज एमाले नै सिद्धिने अवस्थामा पुगेको छ । बाबुराम भट्टराईले २०७९ सालको निर्वाचनमा लडेनन् । आफ्नो निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाए । 

सँगै प्रचण्डको लागि भोट माग्दै हिँडे । प्रचण्डले गोरखाबाट चुनाव जिते । वर्तमान सरकारको प्रधानमन्त्रीमा प्रचण्ड छन् । बाबुराम भट्टराई आफ्नो निर्वाचन क्षेत्रमा आफु नलडेर प्रचण्डलाई उम्मेदवार बनाई मुलुकको प्रधानमन्त्री बनाए । आफुले निर्वाचन जितेपनि प्रधानमन्त्री हुने नभएपछि उनले प्रचण्डलाई उम्मेदवार बनाए । 

आज गोरखाले फेरि पनि प्रधानमन्त्री पाएको छ । गोरखाको शिर फेरि ठाडो भएको छ । सँगै भट्टराईको पनि इज्जत आएको छ । अहिले उनी राजनीतिबाट सन्यास लिने खालका कुरा गर्न थालिसके । अहिले पनि सर्वसाधारण जनता बाबुराम भट्टराईलाई विद्वान नेता मान्छन् । उनले अर्थमन्त्री हुँदा सबैभन्दा बढी राजस्व उठाए । 

त्यस्तै, प्रधानमन्त्री हुँदा मुलुकभरको बाटो ठूलो बनाउने निर्णय गरे । र, सो कार्यान्वयन पनि गरे । भट्टराई प्रधानमन्त्री हुँदा पनि उनले सस्तो गाडी चढे । विदेश भ्रमण जाँदा आउने भत्ता पनि उनले सरकारी कोषमा नै जम्मा गरिदिन्थे । एमाले र कांग्रेसले माओवादीलाई कमजोर बनाउन टुक्रा टुक्रा बनाइदिए । विप्लव र भट्टराईले माओवादी छोडे । यता, भट्टराईलाई जनताले राजनीति गर्न नछोड्नुस् भन्दाभन्दै पनि उनी सन्यास लिने अवस्थामा पुगेका छन् । 

अहिले पनि सञ्चारमाध्यममा बाबुराम भट्टराईले भनेको केही आएमा जनता ठाडो कान लगाए सुन्छन्, पढ्छन् । फेरि केपी ओली, महेश बस्नेत र गगन थापाले बोलेको कुरा टिभीमा आए सर्वसाधारण टिभी नै बन्द गरिदिन्छन् । पत्रिका पसलहरुमा पनि यीनीहरुले भनेको कुरा जनताले पढिरहेको भेटिदैंन । 

सर्वसाधारण जनताले थाहा पाइसके कि गगन थापा भ्रष्टाचारी, गुण्डा र अमेरिकाको जासुस हुन् । महेश बस्नेत त हप्ता उठाउने व्यक्ति हुन् । ओली त झन् २०२८ सालमा लुट्न, चोर्न नपाएर मान्छे मारेर व्यक्ति हुन् । उनी हत्यारा हुन् । १४ वर्ष जेल जीवन समेत बिताएका छन् उनले ।

अनि यस्ता व्यक्तिहरुले कतिन्जेल जनताले भ्रममा राख्ने ? जनता कहिलेसम्म यीनीहरुको लौंलौंमा लागिरहने ? हिजो एमालेकै केन्द्रिय सदस्य रहेका दुर्गा प्रसाईंले आज ओली र बस्नेतको विरोध गरेर एमाले नै सिद्धाउँछन् भनेर कसले सोचेको थियो र । कांग्रेसमा पनि अब गगन थापाको विरोध गर्ने निस्कने छ । 

गगन थापालाई पार्टीमा राख्नुहुन्न भनेर कांग्रेसमा पनि छिट्टै आवाज उठ्नेछ । हिजो मुलुकमा राजनीतिक परिवर्तनका कारण कयौं व्यक्ति शहिद भए । अंगभंग भए । आफ्नो ज्यान बाजी राखेर राजनीति परिवर्तन गरे । तर, आज यस्ता गुण्डाहरुले मुलुकको राजनीतिलाई हातमा लिँदा ती व्यक्तिहरुको शिर निहुरिएको छ । 

बच्चादेखि बूढासम्म गगन थापा, केपी ओली र महेश बस्नेतको चर्को विरोध गर्छन् । यी व्यक्तिहरु गुण्डा र भ्रष्टाचारी हुन् भन्छन् । अहिले अधिंकाश जनता शिक्षित भइसकेका छन् । त्यसकारण अब यीनीहरुले पनि बाबुराम भट्टराईबाट पाठ सिकेर राजनीतिबाट सन्यास लिएको नै ठीक हुनेछ । 

आगामी निर्वाचनमा पार्टीले टिकट दिएपनि जनताले भोट दिने छैनन् यीनीहरुलाई । किनकि वडाध्यक्ष बन्न सक्ने समेत क्षमता छैन् यीनीहरुमा । सांसदको त कुरै छोडौं । बाबुराम भट्टराईले २०६४, ०७० र ०७४ साल गरी तीन पटक लगातार गोरखाबाट चुनाव जिते । 

०७९ सालको निर्वाचनमा उनी उम्मेदवार बनेनन् । माओवादीका अध्यक्ष प्रचण्डलाई उठाए । प्रचण्डले पनि चुनाव जिते । यसबाट त भट्टराईलाई गोरखाबासीले अहिले पनि विश्वास गर्छन् भन्ने पुष्टि हुन्छ । भक्तपुरको क्षेत्रनम्बर १ मा २०४८ सालदेखि ०७० सालसम्म मजदुर किसान पार्टीका नारायणमान विच्छेले निरन्तर चुनाव जिते । 

उनले ०७४ सालको निर्वाचनमा उम्मेदवार दिएनन् । प्रेम सुवाललाई बनाए । ०७४ र ०७९ साल दुवैमा सुवालले यस क्षेत्रबाट चुनाव जिते । अनि जनताले चाँहे भने के गर्दैनन् रहेछन् त । केपी ओली चुनाव हार्ने डरमा झापामा पटकपटक क्षेत्र फेर्छन् । बस्नेतले ०७४ सालमा पैसा खर्चिएर वा गुट कब्जा गरेर चुनाव जिते । 

त्यसअघि ०७० सालमा उनले भक्तपुर निर्वाचन क्षेत्रनम्बर २ बाट हार व्यहोरेका थिए । गत वर्षको निर्वाचनमा पनि उनले यही क्षेत्रबाट हार व्यहोर्नुपप्यो । गगन थापाले काठमाडौं क्षेत्रनम्बर ४ बाट ०७० सालमा चुनाव जिते । चुनाव जितेर पनि त्यो क्षेत्रको लागि सिन्को नभाँचेपछि उनी ०७४ सालको चुनावमा विभिन्न बहानामा चुनाव जिते । 

आफु भोट माग्न जाँदा बम पड्काएर झण्डै मारेको भन्दै जनतालाई भ्रममा पारेर चुनाव जितेका थिए उनले । यता, ०७९ सालको निर्वाचनमा आफु मुलुकको प्रधानमन्त्री हुने र यो क्षेत्रका जनताले प्रधानमन्त्री पाउने भनेर भ्रममा पारेर उनले चुनाव जिते । अहिले थापा न मुलुकको प्रधानमन्त्री बने न त आफ्नो क्षेत्रको लागि केही गरे । 

हरेक वर्ष कपनमा बाढी आउँछ । उनले निर्वाचनको समयमा यसैलाई आफ्नो एजेण्डा बनाएका थिए । कपनमा खोलामाथि ढलान गरिएको थियो । त्यसैले, त्यहाँ हरेक वर्ष बाढीले डुबाउन्थ्यो । तर, त्यो खोलामाथि बनाएको संरचना हटाउन पनि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन ) नै पुग्नुपप्यो । 

०७४ सालमा जुम्लाबाट चुनाव जितेर आएका माओवादीका सांसद गजेन्द्र महत तत्कालिन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडाले आफ्नो क्षेत्रका लागि बजेट नदिएको भन्दै सदनमै अाँसु बगाए । महतको आँसु देखेर सबै नेपालीको मन रोयो । जुम्लाका जनताको मात्र नभई देशभरका जनताको उनले मन जिते । 

माओवादीले ०७९ सालको निर्वाचनमा महतलाई टिकट दिएन । उनको सट्टोमा अरुलाई नै दिइयो । त्यसको फाइदा राप्रपाका ज्ञानेन्द्र शाहीले उठाए । माओवादीले महतलाई टिकट दिएको भए उनले चुनाव जित्ने पक्का थियो । तर, माओवादीले टिकट नदिँदा राप्रपाका ज्ञानेन्द्र शाहीले जुम्लाबासीलाई भ्रममा पारेर चुनाव जिते । ज्ञानेन्द्र शाही आफुलाई अभियन्ता बताउँदै आएका छन् । तर, उनको सम्पत्ति अर्बो छ । उनी विभिन्न घटनामा मुछिएका छन् । अहिले शाही राजतन्त्र चाहिन्छ भन्छन् । 

त्यसैले, आगामी निर्वाचनमा उनले जुनसुकै क्षेत्रबाट चुनाव लडेपनि जित्ने छैनन् । सञ्चारकर्मी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुराना दलमाथि हिलो छ्यापेर आए । तर, आज उनको र उनको पार्टीको असली रुप जनताले देखिसकेका छन् ।  त्यसकारण आगामी निर्वाचनमा उनी पनि सकिने छन् । 

जनतालाई एक पटक ढाट्न, जुक्याउन सकिन्छ । सधैं सकिन्न । तर, जनताको मन जित्न सके र काम गर्न सकेमा चुनाव जित्न केही गर्ने पर्दैन । ०४८ सालदेखि अहिलेसम्म कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाटै चुनाव जित्दै आएका छन् । कतिपय नेता चुनाव भएपिच्छे आफ्नो क्षेत्र फेर्छन् । तापनि उनीहरु हार्छन् । 

अहिले चितवन निर्वाचन क्षेत्रनम्बर २ का जनता रवि लामिछानेको कामप्रति सन्तृष्ट छैनन् । उनीहरु आगामी निर्वाचनमा लामिछानेले हार व्यहोर्नुपर्ने बताउँछन् । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरण, अमेरिकी नागरिकता र राहदानीसँगै उनी राजावादी भएको जनताले थाहा पाइसकेका छन् । 

त्यसैले, आगामी निर्वाचनमा उनी र उनको पार्टी रावस्पा जनताबाट नाङ्ग्रिने छ । जनतालाई ढाट्न पाउने छैन । आगामी निर्वाचनमा यी यस्ता व्यक्तिले राजनीतिबाट सन्यास लिएको नै ठीक हुने छ । जनताले यस्ता भ्रष्टाचारी र काम चोर व्यक्तिलाई पत्याउने छैनन् ।