झापाः झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना हुने भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ ११ गतेदेखि २३ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५ हुने भएको हो । आयोजकका अनुसार झापामा अहिलेसम्म हुँदै आएकामध्ये सबैभन्दा बृहत् र व्यवस्थित महोत्सव यो हुनेछ ।

सङ्घका अध्यक्ष कुमार भट्टराईले महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका कक्ष रहने र चीन तथा थाइल्याण्डका व्यवसायीसँग कक्ष राख्नेबारे कुराकानी भइरहेको बताए ।