बेलबारीः मोरङको बेलबारी–३ मा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाले सदस्यको सुविधा र प्रविधिलाई मध्यनजर गर्दै मोबाइल बैंकिङ सेवा शुरु गरेको छ ।

बुधबारदेखि संस्थाले सो सेवा शुरु गरेको हो । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मोरङका अध्यक्ष सोमनाथ निरौलाले एक कार्यक्रमका बीच सो सेवाको उद्घाटन गरेका छन् ।

सो सेवा शुरु भएपछि शेयर सदस्यलाई आफ्नो वित्तीय विवरण हेर्न, बैंक खातामा रहेको रकम संस्थामा जम्मा गर्न सजिलो हुने बताइएको छ । त्यस्तै, आफ्नो खाताबाट रकम अरुको खातामा सार्न, बिजुलीको बिल भुक्तानी लगायत अन्य विविध काम सजिलो हुने सहकारीले जनाएको छ ।