इटहरीः सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले फागुन २ देखि ११ गतेसम्म सुन्दरहरैंचा एक्स्पो गर्ने भएको छ ।
आयोजकका अनुसार साजीलाल मावि गछियाको जग्गामा सुन्दरहरैंचा एक्स्पो आयोजना हुने भएको हो ।
एक्स्पो सञ्चालनका लागि सङ्घका अध्यक्ष किशोरकुमार कार्की संयोजक तथा नागेश पोख्रेल उपसंयोजक रहने गरी १ सय १ मूल समारोह समिति समेत गठन गरिएको छ ।
एक्स्पोको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङको पनि उपस्थिति थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए ।