इटहरीः प्रदेश १ का ९३ जना सांसदहरूमा ६ जना सांसदहरूले घरभाडा नलिएर राज्यकोषको मासिक ९० हजार जोगाइरहेका छन् । मोरङ जिल्लाका ६ जना सांसदहरूले घरभाडा नलिएको संसद सचिवालयले बताएको छ ।

संसद सचिवालयका अनुसार मंसिर महिनामा घरभाडा नलिने सांसदहरूमा यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी, केदार कार्की, कल्पनाकुमारी सरदार, चुमनारायण तबदार र विद्यानन्द चौधरी रहेका छन् ।

प्रदेश १ संसदमा अस्थायी राजधानी भएको जिल्ला मोरङबाट सामाजिक विकास मन्त्री जीवन घिमिरेबाहेक २२ जना सांसदहरू छन् जसमा १६ जनाले घरभाडा लिँदै आएका छन् । उनीहरू सबै घरबाटै विराटनगरको प्रदेशसभा धाउँछन् । तर, घरभाडाबापतको रकम भने लिन्छन् ।

घरबाटै संसद भवन धाउने सुनसरीका १३ र झापाका १४ जना सांसदहरूले पनि घरभाडा लिइरहेको संसद सचिवालयले बताएको छ ।