इटहरीः सनराइज बैंकले आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

बैंकले प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को लहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूर पश्चिम प्रदेशको अत्तरियामा आफ्ना प्रादेशिक कार्यालय स्थापना गरेको हो ।

प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखाहरूको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्य छिटो, छरितो र चुस्त रूपमा सम्पादन गर्नेछ ।

ती प्रादेशिक कार्यालयको सामुहिक समुद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा सञ्चालकहरू ई. बच्छराज तातेड, ज्योतिकुमार बेगानी, ओमकृष्ण जोशी र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रूपमा गरे ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १ सय २ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा दिइरहेको जनाएको छ । त्यस्तै, ४ वटा एक्सटेन्सन काउण्टर र १ सय १४ वटा एटिएममार्फत् आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

sunrise bank