रुषा थापा

केही समययता सुनको मूल्य निरन्तर बढिरहेको छ । अहिले बजारमा सुन व्यापारी तथा दलालीहरु सुनको मूल्य तीन लाखसम्म पुग्ने दाबी गरिरहेका छन् । पाँच दशकअघि अर्थात् २०२९ वैशाखमा सुनको मूल्य प्रतितोला ३१६ रुपैयाँ रहेको थियो । तर, ०८१ भदौ ३० गते त्यही सुन एक लाख ५८ हजार ८ सय रुपैयाँ पुग्यो । ५२ वर्षको बीचमा सुनमा एक लाख ५८ हजार ४८४ रुपैयाँ प्रतितोलामा बढेको छ । 

यद्यपि, अहिले महँगोमा सुन किनेका सर्वसाधारण कहिले डुब्छन् ? ठेगान छैन । किनकि सुन दशकअघिको मूल्यमा पनि फर्किन सक्ने छ । मानिसहरु भन्छन्, ‘लोभले लाभ, लाभले विलाभ ।’ हिजो बढी ब्याजको प्रलोभनमा सहकारी, लघुवित्त, फाइनान्समा रकम राख्दा करोडौं सर्वसाधारणको खर्बौ रकम डुबेको छ । उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । ब्याजको लोभ गर्दा आज साँबा नै गुमाउनुपरेको छ ।

यतिमात्र नभई आफ्नो पैसाले नै आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्याएको छ । सेयर बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको हो । तर, दलालीहरुले एकाएक मूल्य बढाएर ३२ सयसम्म पुर्याए । ३२ सयमा किनेको त्यो सेयर अहिले २५ सयमा बिक्री नहुने अवस्था आएको छ । सेयरको मूल्य निरन्तर घटिरहेको छ । दलालीहरु त आफ्नो सेयर महँगोमा बिक्री गरेर उम्किए । तर, यहाँ सोझासाझा सर्वसाधारण भने फसेका छन् । 

उनीहरु अहिले पनि सेयरको मूल्य बढ्छ कि भनेर आशा गरिरहेका छन् । तर, कसलाई के थाहा कि ती दलाल, बिचौलियाहरु आफ्नो सेयर महँगोमा बेचेर भागिसकेका छन् । सेयर सम्बन्धित कम्पनीको वित्तिय अवस्था र नाफामा आधारित हुन्छ । कम्पनी नाफामा जाँदा सेयरको मूल्य बढ्छ त घाटामा जाँदा घट्छ । तर, हाम्रोमा त सेयरमा दलालीहरु हाबी छन् । 

्यहाँ सेयरमा ५०÷५५ जना ठुला दलाली रहेको बताइन्छ । अनि उनीहरुले आफ्नो सेयर बिक्री गर्ने समयमा ह्वात्तै मूल्य बढाउँछन् भने खरिद गर्ने समयमा घटाउँछन् । गत असार मध्यदेखि निरन्तर उकालो लागेको सेयर बजार भदौमा आइपुग्दा घटिरहेको छ । एक महिनाकै बीचमा सेयरबाट बाठाटाठा वा दलालीहरुले खर्बौ कमाए भने सोझासाझा सर्वसाधारण फसेका छन् । 

सेयरमा ६५ लाख सर्वसाधारणको लगानी छ । र, उनीहरु डुबिसकेका छन् । साउन ३१ सय प्रतिकित्ता पुगेको सेयर अहिले २५ सयमा झरेको छ । यो निरन्तर ओरोलो लाग्ने देखिएको छ । अब ३१ सयमा सेयर किनेका सर्वसाधारणको बिजोग भएन र ! एक महिनाकै बीचमा दलालीहरुले खर्बौ कमाउँदा सोझासाझा नागरिकको पनि खर्बौ रुपैयाँ सेयरमा डुबेको छ । 

त्यसैले, अब सेयरमा लगानी नगरौं । लगानी गर्नुपूर्व सय चोटी सोचौं । सेयरमा मात्र होइन, अन्य क्षेत्रमा पनि दलाली, बिचौलियाहरुको बिगबिगी छ । र, उनीहरुकै प्रभाव परेको छ । घरजग्गा र गाडी पनि यस्तै भएको छ । चार दशकअघि जग्गाको मूल्य नै थिएन । कौडीको भाउमा समेत जग्गा बिक्री हुदैँन्थ्यो । त्यतिबेला पाँच हजारमा त एक रोपनी जग्गा नै आउन्थ्यो । 

तर, ४० वर्षको अवधिमा दलालीहरुले जग्गाको मूल्य एकाएक बढाए । निमुखा किसानसँग रोपनीको पाँच हजारमा जग्गा किनेर त्यसमा डोजर चलाए । जग्गाको खण्डकीकरण गरियो । रोपनीको जग्गा आनामा बिक्री गर्न थालियो । त्यो पनि सय गुणा बढी मूल्यमा । पाँच हजारमा किनेको खेतीयोग्य जमिन दलालीहरुले आनाकै ६०÷७० लाखमा बिक्री गरे । 

यता, जग्गाको मूल्य बढेको सेयर त्यसमा लगानी गर्ने सर्वसाधारण भने आज चुलुम्मै भएका छन् । बैंक, वित्तिय संस्थाबाट ऋण लिईलिई जग्गामा लगानी गरे । किनकि उनीहरुले सोचेका थिए अहिले किनेको जग्गाको मूल्ल्य पाँच महिना वा एक वर्षपछि दोब्बर÷तेब्बरले बढ्छ । तर, त्यस्तो भएन । पछिल्लो समय जग्गाको मूल्य निरन्तर घटिरहेको छ । अहिले जग्गा बेच्न चाहने त धेरै छन् तर किन्ने शून्यझैँ । 

बै्रंकबाट ऋण लिएर घरजग्गामा लगानी गरेका ती सर्वसाधारण आज जग्गाको मूल्य घटेपछि छतबाट हामफ्यालेजस्तै भएका छन् । दिनरात साँवाब्याज तिर्न बैंकले फोन गरेर धम्की दिन्छ । तर, तिर्ने चाँहि कसरी ? ऋण तिर्न त पैसा चाहियो नि । एकातिर मानिससँग पैसा छैन, अर्कोतिर घरजग्गा पनि बिक्री हुन्न । यसले उनीहरु दुवैतर्फबाट असफल भएका छन् । 

यस्तै, गाडीमा पनि यही भयो । छिमेकी मुलुक भारत र चीनमा एक लाखमा पाइने सवारीसाधन दलालीहरुले यहाँ ल्याएर लाखदेखि करोडमा बेचे । बैंकबाट ऋण लिएर गाडी किनेका सर्वसाधारण अहिले ऋण तिर्न नसकेर तनाव परेको छ । अर्कोतर्फ, गाडी पनि बिक्री हुदैँन । किनेको मूल्यको आधा भाउमा दिन्छुभन्दा समेत गाडी बिकेको छैन । ०४२÷०४३ सालमा काठमाडौं उपत्यकामै सय रुपैयाँ मासिक भाडामै एउटा कोठा पाइन्थ्यो । 

तर, अहिले दलालीहरुकै मिलीजुलीमा उपत्यकामा एउटा कोठाको भाडामा पाँच हजारदेखि २० हजारसम्म पुर्याइएको छ । त्यतिखेर एक हजार पर्ने सटर अहिले १९ लाख पुर्याइएको छ । यता, डेढ सय वा दुई सय मासिक भाडामा पाइने फ्ल्याट आज ३० हजारदेखि तीन लाखसम्म पुगेको छ । पहिला सटर किनबेच हुदैँन्थ्यो । तर, अहिले एउटा खाली समेत २० लाखदेखि ६० लाखमा किनबेच हुन्छ । तीन वर्षअघि उपत्यकामा एउटा कोठा, सटर वा फ्ल्याट खोज्न छ महिना हिँड्नुपथ्र्यो । 

त्यत्रो समय खोज्दा पनि नपाएपछि दलालीलाई पैसा दिनुपथ्र्यो । दलालीमार्फत मात्र उपत्यकामा सटर, कोठा वा फ्ल्याट पाइन्थ्यो । तर, अहिले उपत्यकामा जताततै कोठा, सटर, फ्ल्याट खाली भएका छन् । घरहरुमा टुलेट, कोठा भाडामा, सटर खाली, फ्ल्याट भाडामालगायत लेखिएका पोस्टरहरु थुप्रै देखिन्छन् । बुढोपाका भन्छन्, ‘मानिसले धैर्य गर्नुपर्छ । १२ वर्षमा उभो लागेको खोला पनि फर्किन्छ ।’

अहिले बजारमा मन्दी आएको भनिन्छ । तर, यो मन्दी होइन । दलालीहरुको रजगज अन्त्यको संकेत हो । अब जनता सचेत भएका छन् । हिजो पनि दलालीहरुले सोझासाझा सर्वसाधारणलाई मुर्गा बनाएर ठगी रहेका थिए । तर, अब जनतामा सचेतना अभिवृद्धि भएको छ । उनीहरुले बुझिसके कि दलालीहरुको लहैंलहैंमा लागेर जथाभावी लगानी गर्नुहुन्न । नत्र डुबिन्छ । 

हो, यति कुरा सर्वसाधारणले बुझेपनि उनीहरुले बजारमा जथाभावी लगानी गर्न छोडे । अनि दलालीहरुको रुवाबासीको दिन शुरु भएको हो । अब दलाली, बिचौलियाहरुले सर्वसाधारण ठग्न जतिसुकै जुक्ति लगाएसँगै जनता ठगिने छैनन् । अहिले घरजग्गा, गाडी र सेयरमा फसाउन नसकेपछि दलाली, बिचौलियाहरुले सुनमार्फत सर्वसाधारण्ढा डुबाउन खोजिरहेका छन् । त्यसैले, अब जनता सचेत हुनुपर्छ । 

दलालीहरुको लहंैलहैंमा लागेर महँगीमा सुन किन्नुहुन्न । नत्र डुबिन्छ । बरु अहिले मूल्य बढिरहेको बेला आफुसँग भएको सुन बेचेर उम्किनुपर्छ । कहिलेसम्म दलालीलाई मात्र कमाउन दिने, कहिलेकाँही त जनता पनि बाँठो हुनुपर्छ । भनिन्छ कि आफुले खनेको खाल्डोमा आफैँ परिन्छ । त्यसरी नै अब दलालीहरु पनि आफ्नो योजनामा आफैँ फस्ने छ । 

मानिसको आधारभूत आवश्यक भनेकै गाँस, बाँस र कपास हो । अहिले यसमा शिक्षा, स्वास्थ्य र रोजगारी पनि पर्छ । घरजग्गा, गाडी, सेयर, सुन विलासित वस्तु हुन् । त्यसैले, अब हामीले यो कुरा बुझ्न आवश्यक छ । सरकार आफैंले यस्ता वस्तुलाई विलासित भन्छ । कानूनमै यस्ता वस्तु विलासित भनिएको छ । अनि विलासित वस्तुमा लगानी गर्नु भनेको जोखिम उठाउनु हो । यसैले, अब हामी नागरिकले सोचविचार गरेर मात्र कुनै पनि क्षेत्रमा लगानी गर्नुपर्छ ।