धनकुटाः काबेली विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयर सदस्यलाई ३५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

शनिबार धनकुटामा भएको बैंकको एघारौँ साधारण सभामार्फत् सो बोनस पारित भएको हो । गत आर्थिक वर्षमा बंैकको खुद नाफा र सञ्चित रकमबाट गरी कुल ७ करोड ३७ लाख ६ हजार ६ सय ४० रुपैयाँ बराबरको सेयर पारित गरेको हो ।

संस्थाका १० हजारभन्दा बढी सेयर सदस्यलाई सो बोनस सेयर वितरण गरिने भएको हो । बैंकले गत वर्ष २ करोड २७ लाख ५६ हजार ४ सय ६० रुपैयाँ खुद नाफा गरेको छ । यससँगै बैंकको चुक्ता पूँजी २८ करोड ४२ लाख ९७ हजार ४० रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा माउण्ट मकालु बैंकलाई आफूमा समाहित गरेको सो बैंकले यस वर्ष पनि अन्य बंैकसँग मर्जमा जाने निर्णय गरेको बैंकका कार्यकारी निर्देशक शैलेन्द्र बादे श्रेष्ठले बताए । बैंकको धनकुटा र तेह्रथुममा गरी ८ वटा शाखा सञ्चालनमा रहेको बताइएको छ ।