फाइल तस्बिर

विराटनगरः प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कृषिको व्यवसायीकरणमा सहयोग गर्ने सहकारीलाई सरकारले सहयोग गर्ने बताएका छन् ।

जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको २६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले कृषि उत्पादन गरी वैदेशिक व्यापार घाटा कम गर्ने कार्यमा सहकारी लाग्नुपर्ने बताए । प्रदेश नं १ को सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउँदै कृषिजन्य वस्तुको उत्पादन गर्ने योजना लिएर आउने सहकारीलाई सहयोग गरिने उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी सङ्घका सल्लाहकार तथा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, प्रदेश नं १ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्ट, रामचन्द्र गौतम, केशवप्रसाद पोखरेल लगायतले कार्यक्रममा आफ्ना धारणा राखेका थिए ।

Maghesankranti Mahotsav namje