विराटनगरः विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा कुल ३ अर्ब १८ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गत वर्षको सोही अवधिमा २ अर्ब ४६ करोड ५३ लाख ९० हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको बताइएको छ ।
कार्यालय प्रमुख दिलीपकुमार गौतमका अनुसार ३ अर्ब ४ करोड ६४ लाख ५८ हजार राजस्व असुल गर्ने लक्ष्य रहेको थियो । लक्ष्यभन्दा १३ करोड ४८ लाख ७३ हजार रुपैयाँ बढी अर्थात् लक्ष्यको १ सय २९ दशमलव ०३ प्रतिशत प्रगति भएको गौतमले बताए ।
कुन शीर्षकमा कति सङ्कलन भयो राजस्व
सङ्कलित राजस्वमा आयकरतर्फ ९२ करोड ८३ लाख १२ हजार, बहाल कर ५ करोड २१ लाख ८५ हजार र ब्याज कर ३ करोड ९५ लाख २३ हजार रुपैयाँ सङ्कलन भएको थियो ।
त्यस्तै, मूल्यअभिवृद्धि कर ६० करोड १० लाख १४ हजार, अन्तःशुल्क १ अर्ब ५२ करोड ११ लाख ८५ हजार, स्वास्थ्य सेवा २ करोड ८२ लाख ६ हजार र शिक्षा सेवा शुल्क १ करोड ९ लाख ६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।