विराटनगरः स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न विराटनगरमा फुटवेयर मेला लाग्ने भएको छ ।
बालाजी मिडिया ग्रुपको आयोजनामा आगामी माघ ९ गतेदेखि एक महिनासम्म फुटवेयर मेला लाग्ने भएको हो ।
नेपालका विभिन्न ९ वटा कम्पनीले उत्पादन गरेका जुत्ता–चप्पल एकै स्थानबाट उपभोक्तासम्म पु¥याउन विराटनगर–७ मा मेलाको आयोजना गरिने भएको हो । सबै कम्पनीले उत्पादन गरेका ब्राण्डेड जुत्ता–चप्पलका स्टल मेलामा रहने नेपाल फुटवेयर उत्पादक सङ्घका पूर्व अध्यक्ष होमनाथ उपाध्याययले जनाए ।