तेह्रथुमः युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तेह्रथुम जिल्लामा ७० करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेको छ ।
युवालाई स्वरोजगार बनाउने उद्देश्यले कोषले जिल्लाका विभिन्न सहकारी संस्थामार्फत् रु ७० करोड २० लाख रकम लगानी गरेको हो । विभिन्न सहकारी संस्थासँग सम्झौता भई हालसम्म रु ५५ करोड ७० लाख लगानी भइसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिका सदस्य सचिव माधव दाहालले बताए ।
दाहालका अनुसार जिल्लाका १४ वटा सहकारी संस्थामा मात्रै अहिले रु ५५ करोड ७० लाख लगानी भइसकेको छ । १४ वटा सहकारी संस्थाका ३ सय २१ युवालाई कोषले व्यावसायिक बन्न ऋण सहयोग गरेको हो । कोषले २०६९ सालबाट वर्षेनी सहकारीलाई स्वरोजगारका लागि ऋण लगानी गर्दै आएको छ ।