उदयपुरः आन्तरिक पर्यटन प्रवद्र्धन तथा विकासका लागि रौतामाई र उदयपुरगढी क्षेत्रमा स्थापना गरिएका घरबास (होमस्टे) सञ्चालनमा समस्या उत्पन्न भएको छ ।
सडक तथा बिजुली नहुँदा सञ्चालनमा समस्या भएको हो । घरबास सञ्चालक केशरबहादुर रोका क्षेत्री भौतिक पूर्वाधार अभावका कारण घरबास बन्द हुने अवस्थामा पुगेको बताउँछन् ।
यस्तै, रौतामाई गाउँपालिकाको रौता क्षेत्रमा पर्यटकलाई लक्षित गरी स्थापना गरिएका घरबास पनि सडकको उचित व्यवस्थापन नहुँदा तथा बिजुली र खानेपानी अभावमा सञ्चालन हुन सकेको छैन ।
घरबास सञ्चालक जुद्धबहादुर मगरका अनुसार अहिले रौताक्षेत्रमा घरबासमा गरिएको लगानी खेर गएको छ ।