इलामः इलामको फाकफोकथुम गाउँपालिका वडा नं ६ र ७ एकतप्पामा गाउँपालिकाभरिकै ठूलो सिँचाइ कुलो निर्माणाधीन अवस्थामा रहेको छ । आगामी १ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कुलो धमाधम निर्माण भइरहेको बताइएको छ ।
२ वटा वडाको करीब १ हजार ५ सय रोपनी खेतीयोग्य जग्गा सिँचाइ हुने भएपछि यस क्षेत्रका किसान उत्साहित बनेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलामको ३ करोड ४४ लाख रुपैयाँको लागतमा साढे १२ किलोमिटर किलोमिटर पक्की कुलो निर्माण भइरहेको हो ।
पक्की कुलो बनेपछि किसानलाई आकाशे पानीको भर नपर्नुपर्ने भएको छ । उपभोक्ता समितिका सचिव रामजी श्रेष्ठका अनुसार सो कुलोले हाङ्मासुली र एकतप्पाका धेरै किसानलाई राहत पुग्छ ।
देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाबीचमा पर्ने ह्वेङ्मा खोलाको पानी सोझै पक्की कुलोमार्फत् किसानको खेतसम्म पु¥याउन लागिएको हो । डिभिजन कार्यालयका अनुसार ३ हजार ६ सय मिटर पक्की कुलो बनाउनुपर्नेछ । त्यसमध्ये करीब २ हजार ३ सय मिटर निर्माण भइसकेको छ । बाँकी १ हजार ७ सय मिटर पनि २ महिनाभित्रमा सम्पन्न गरी ४ किलोमिटरमा २ महिनाभित्रमा पानी चलाउने योजना रहेको डिभिजन कार्यालय इलामका इञ्जिनियर दिनेशकुमार घिमिरेले बताए ।
त्यसबाहेक साढे ९ किलोमिटर कच्ची कुलो निर्माण गरेर यसै आर्थिक वर्षदेखि किसानको खेतबारीमा पानी पु¥याउने लक्ष्य रहेकोसमेत उनले बताए । कुलोको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जिनियर दिनेशकुमार घिमिरेसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा काम सन्तोषजनक रूपमै अघि बढिरहेको पाइएको घिमिरेले बताए ।
बर्खा तथा हिउँदयाममा समेत खेतीबाली लगाउन आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानले कुलो निर्माण भएपछि राहतको महसुस अनुभूति गर्ने उपभोक्ता समितिका सचिव कोइराला बताउँछन् । यस कुलोमा दैनिक ५० भन्दा बढी मजदुर निर्माण कार्यमा खटिएको बताइएको छ ।