इटहरीः छरिएर रहेका इटहरीका युवा उद्यमी सङ्गठित हुने भएका छन् । उद्योग वाणिज्य सङ्घ इटहरीका सदस्य तथा युवा उद्यमी सुदीप घिमिरेको नेतृत्वमा २६ सदस्यीय नेपाल युवा उद्यमी मञ्च इटहरी गठन भएको छ ।

केही समय अगाडि गठित यस मञ्चका अध्यक्ष सुदीप घिमिरे छन् भने उपाध्यक्ष विनोद पौडेल छन् । यस्तै, प्रोग्राम चेयर भनिने सचिवमा कुमुद निरौला र फाइनान्स चेयर भनिने कोषाध्यक्षमा सन्तोष आचार्य रहेका छन् ।
इटहरीका विभिन्न उद्यम क्षेत्रमा सक्रिय रहेका युवा व्यवसायीको साझा सङ्गठनको रूपमा युवा उद्यमीको गठनले युवा उद्यमीलाई सङ्गठित र सिर्जनशील बनाउने अध्यक्ष सुदीप घिमिरेको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य सङ्घको भातृ सङ्गठनजस्तो भूमिकामा रहेको यस्तो सङ्गठन इटहरीमा पहिलोपटक बनेको अध्यक्ष घिमिरे बताउँछन् । युवा उद्यमीको इटहरीमा बनेको नेपाल युवा उद्यमी मञ्चको सङ्गठन सातौँ सङ्गठन हो । रुपन्देही, कैलाली, चितवन, काठमाडौ, कास्की र मोरङमा यस अगाडि यस्ता सङ्गठन बनिसकेका छन् ।
भोलि ४ बजे इटहरीको इम्पेरियल लङमा मञ्चको पदभार ग्रहण (इन्टलेसन) कार्यक्रम हुने र बाँकी कार्यक्रम बैठकपछि निर्धारण गरिने अध्यक्ष घिमिरेले बताए ।