इटहरीः टाटा कम्पनीको नयाँ उत्पादन एनआरजी शुक्रबार नेपालमै पहिलो पटक इटहरीमा सार्वजनिक भएको छ । सिप्रदी ट्रेडिङले पारिवारिक सदस्यलाई मध्यनजर गरी डिजाइन गरेकोे एनआरजी गोयल मोटर्स प्रालिमार्फत् इटहरीमा सार्वजनिक गरिएको हो ।

‘नेपालको पछिल्लो चुस्त उपयोगी साधन (सिभियु) रूपमा ल्याइएको यो मोडल पारिवारिक प्रयोगको लागि राम्रो छ’, सिप्रदी ट्रेडिङका प्यासेन्जर भेकल प्रमुख सावन्तजंग सिँजापतिले भने ग्राबेल सडक र बस्ने क्षमता बढी भएकाले यो पछिल्लो समयको सस्तो तथा चुस्त साधन हो ।’

शुक्रबारबाट पेट्रोल संस्करणमा बिक्री समेत शुरु गरेको एनआरजी इटहरी शोरुमबाट २९ लाख ५५ हजारको सुरुवाती मूल्यमा पाइन्छ । सार्वजनिक भएकै दिन २ वटा गाडी बिक्री तथा ४ वटा बुकिङ भएको सिप्रदी ट्रेडिङका बजार व्यवस्थापक सिर्जन नेपालले जानकारी दिए ।