उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–१६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर कार्कीले विदेशमा २० वर्षसम्म बसेर पनि सन्तोषजनक कमाइ गर्न सकेनन् ।

हाल उनी स्वदेशमै भैँसीपालन व्यवसाय गरेर बसेका छन् । हिजोआज उनी मासिक ७० देखि ८० हजार रुपैयाँसम्म कमाइ गर्न थालेका छन् ।

विदेशमा गएर राम्रो कमाइ गरिन्छ भनेर गए पनि सोचेजस्तो आर्थिक कमाइ गर्न नसकेपछि गाउँघरमै पुख्र्यौली पेशा भैँसीपालन शुरु गरेको उनले बताए । ४ वर्षअघि विदेशबाट फर्केपछि ३ लाख रुपैयाँको लगानीमा ३ वटा भैँसी किनेर लालीगुराँस भैँसीपालन फार्म दर्ता गरी उनले भैंसीपालन पेशा शुरु गरेका थिए ।

विदेशमा २० वर्ष बसेर कमाइ गरेबराबरको रकम आफूले एक वर्षभित्रै भैँसीपालन गरेर कमाइ गरेको उनले बताए ।

त्रियुगा– १६ का वडाध्यक्ष मानबहादुर राईका अनुसार अहिले कार्की वडा नं १६ कै नमूना भैसीपालक किसान भएका छन् ।