इटहरीः कामना सेवा विकास बैंकले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा नयाँ शाखा खोलेको छ । बैंकले सो शाखाबाट बिहीबारदेखि कारोबार पनि शुरु गरेको छ । बैंकका सञ्चालक बलराम बराल तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रूपमा कारोबार शुभारम्भ गरेका थिए ।

कामना सेवाले प्रदेश नम्बर १ मा पहिलो पटक शाखा विस्तार गरेको हो । यस्तै, प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामीण इलाकामा २० वटा तथा काठमाडौं उपत्यकामा थप ३ शाखाको निर्माण कार्य भइरहेको बस्नेतले बताए ।

बैंकले देशभर शाखा सङ्ख्या ६४ वटा पुर्याएको जनाएको छ । यस्तै, १७ वटा एटीएम सेवा पनि सञ्चालन गरिरहेको जनाएको छ ।