उदयपुरः उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको किनारमा माघ १ गतेदेखि शुरु भएको १५ दिने त्रिवेणी मेला मङ्गलबार सम्पन्न भएको छ ।
१५ दिनभित्र त्रिवेणी धाममा झण्डै छ लाखभन्दा बढी भक्तजनले मकर नुहाउने, पूजा तथा आरधाना गर्ने काम गरेको मेला व्यवस्थापन आयोजक मूल समितिका संयोजक तथा उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए ।
सो मेलामा प्रदेश नं १, प्रदेश नं २ तथा ३ का भक्तजनको ठूलो सङ्ख्यामा उपस्थिति थियो । यस्तै, भारतको विहार, दार्जिलिङ, कालिम्पोङ र सिक्किम राज्यबाट समेत ठूलो सङ्ख्यामा भक्तजन त्रिवेणीधाममा आएको संयोजक खड्काले बताए । मेलामा ७० लाखभन्दा बढीको आर्थिक कारोबार भएको उनले बताए ।