इलामः इलामको देउमाई नगरपालिकाको वडा नम्बर ४ तल्लो बुधबारेका ३ जना समाजसेवीले उद्योग वाणिज्य सङ्घ शाखा मङ्गलबारेलाई ४० लाख मूल्यबराबरको जग्गा दान गरेका छन् ।
लीलाबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ र लक्ष्मी श्रेष्ठले सङ्घको भवन निर्माणका लागि १ रोपनी २ आना जग्गा दान गरेका हुन् । श्रेष्ठ परिवारले दिएकोे जग्गा उद्योग वाणिज्य सङ्घ शाखा मङ्गलबारेको नाममा नामसारी गरिएको शाखाका अध्यक्ष तारा थापाले बताए । सो जग्गामा देउमाई नगरपालिकाको सहयोगमा तत्काल भवन निर्माण थालिने सङ्घले जनाएको छ ।