विराटनगर÷ शुक्रवार एकाएक विराटनगर प्रवेशद्धार ढाटको अवस्था असामान्य बन्यो । सडकमा निर्वादरुपमा गुडिरहेका सार्वजनिक तथा निजि सवारीमाथि समस्या पैदा भयो । सडकै ढाक्नेगरि हुलका हुल टिपर विराटनगरतर्फ गुडिरहेको दृष्यले पक्कै केहि घटना हुँदैछ भन्ने आंकलन गर्न गाह्रो थिएन ।

दिनको ठिक १२ः३० बजेको समय थियो । विराटनगर प्रवेशद्धारमा करिब २ सय सुरक्षाकर्मी तैनाथ थिए । कुनै भिाईपी नै आउँदै छ कि ? जनताले उत्साहाका साथ हेरिरहेका थिए । तर, सोच ठिक उल्टो भयो । जब लम्बेतानका साथ टिपर आउन थाले प्रहरीले सिटि फुक्यो । शसस्त्र र जनपथ प्रहरीको जथ्था टिपर रोक्न थाले । सडको बिच भागमा फलामको डिभाइडर राखियो । सवारीसाधन गुड्न पाएनन् ।

टिपर व्यवसायिले विराटनगर छिर्न पाउनुपर्ने माग राखे । निकै बेर वातावरण अशान्त बन्यो । मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी फौजले धेरै पटक अनुरोध गर्यो । व्यवसायीलाइ टिपर फिर्ता लग्न र सडक कब्जा नगर्न गरेको आग्रह काम लागेन । बरु व्यवसायीले नारा लगाई रहे । प्रहरीले सम्झाउन छाडेन ।

जब व्यवसायी उग्र हुँदै गए, घटनामो अर्कै मोड लिन पुग्यो । अति आवश्यकीय सवारी साधन एम्बुलेन्सलाई समेत छेक्न थालेपछि भने प्रहरीले बल प्रयोग गर्ने रणनीतिमा पुग्यो । अनि आदेश भयो सिडिओको  । मोरङका सिडिओ रमेशकुमार केसीले घटनाको बारेमा अपडेट लिइरहे । जब विरामी बोक्ने एम्बुलेन्समा अवरोध पुग्यो भन्ने खबर पाउनसाथ उनले प्रहरीलाई निर्देशन दिए– सडकमा रोकि राखेका टिपर क्रेनलगाएर हटाउनु ।

त्यस पछि प्रहरीले सिटि बजाएर थप अघि बढे बल प्रयोग गर्ने संकेत दियो । त्यस पछि भने टिपर व्यवसायी हच्किए । सडकमा रहेका पूर्वाञ्चल टिपर व्यवसायी संघका कोषाध्यक्ष तथा आन्दोलन समितिका संयोजक सन्दिपकुमार सिंहले टिपर पन्छाउने बताए । प्रशासनले वार्ताका लागि आब्हान गरेको भन्दै उनले अरु व्यवसायीलाइ पछि हट्न र सडक खालि गर्न जानकारी गराए । त्यस पछि भने करिब ३ घण्टाको रस्साकस्सि पछि सडक सुचारु भयो ।

लगत्तै इटहरीमा साँझ बसेको संघको बैठकले आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गर्यो । केहि बेर अघि प्रदेश पोर्टलसँग कुरा गर्दै संघका अध्यक्ष गोपाल कार्कीले भने –‘हामीले अहिले मटिङ बसेर तत्काललाई आन्दोलनका कार्यक्रम फिर्ता लिएका हौँ ।’
उनका अनुसार सिडियो र प्रदेश १ सरकारले वार्ताका लागि व्यवसायीलाइ आब्हान गरेको छ । ५ दिन सम्म पनि व्यवसायीको माग सम्बोधन भएन भने पुनः संघ पूर्वघोषित कार्यक्रम अनुसार नै आन्दोलित बन्नेछ ।

माघ १४ गते टिपरको ठक्करले सुन्दरहरैँचा– ९ की ११ वर्षिया लक्ष्मी ढकालको ज्यान गए पछि आक्रोसित स्थानियको समुहले ठक्कर दिनेसहित ७ टिपरमा आगो लगाईदिएका थिए । प्रहरी प्रशासनको टिपरमा आगो लगाइएको र प्रशासन मुकदर्शक भएको भन्दै सुरक्षाको प्रत्याभुती र क्षतीपुर्तीको मागसहित पुर्वाञ्चल टिपर व्यवसायी संघ आन्दोलनमा छ ।