इटहरीः गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सबीच रेमिट्यान्स आदानप्रदान सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापछि रकम आदानप्रदान गर्न दुवै वित्तीय संस्थाका ग्राहकबीच सहज हुने गरिमा विकास बैंकका धरान क्लस्टर प्रमुख मीनप्रसाद सुवेदीले बताए ।

सम्झौतापछि फरवार्डका १ सय १६ शाखा तथा गरिमाका ६६ शाखा र अन्य बैंकमार्फत् गरी १ हजार शाखाबाट रकम पठाउन र झिक्न सहज हुने उनले बताए ।

पूर्वमा फरवार्ड राम्रो लघुवित्तको रूपमा स्थापित भएको र ग्रामीण जीवनसँग सम्बन्ध भएको हुनाले ग्रामीण क्षेत्रका विपन्न र महिला ग्राहकलाई बढी सुविधा पुगोस् भनेर फरवार्डसँग सम्झौता गरिएको उनले बताए ।

समझदारीपत्रमा फरवार्डका कार्यकारी अधिकृत आशनारायण चौधरी र गरिमाका धरान क्लस्टर प्रमुख मीनप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् ।