इलामः ३ वर्ष अघिबाट पकेट क्षेत्र सञ्चालनमा आएपछि अकबरे खुर्सानी खेतीतर्फ इलामका किसानहरू आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत माइजोगमाई गाउँपालिकाको सोयाङमा लालीगुँरास अकबरे उत्पादन पकेट आयोजना र रोङ गाउँपालिकाको देवानछाप खुर्सानी पकेट आयोजना सञ्चालनमा आएपछि सो क्षेत्रका किसानहरू अकबरे खेतीतर्फ आकर्षित भएका हुन् ।

१० हेक्टर क्षेत्रफलमा खुर्सानी लगाउनुपर्ने मापदण्डअनुसार दुवै पकेट क्षेत्रमा कार्यक्रम सञ्चालन भएको कृषिज्ञान केन्द्र इलामका प्रमुख रामसोगारथ साहले बताए । खुर्सानी बालीलाई पनि व्यवसायिकतातिर लैजान जिल्लाको कृषि ज्ञान केन्द्रमार्फत् पोष्ट हार्भेष्ट, साना सिँचाइ र बीउबिजनमा सहयोग पु¥याइँदै आएको बताइएको छ । इलाम घुम्न आउने पर्यटक तथा अध्ययन टोली इलामका ग्रामीण क्षेत्रमै पुगेर अकबरेको अध्ययन गर्न थालेका छन् ।

इलामको सात अ मध्ये एक मानिएको अकबरे खुर्सानी इलाम आउने पर्यटकको कोसेली हुन थालेपछि किसानको आम्दानी समेत बढ्दै जान थालेको छ । पकेट क्षेत्र सञ्चालनमा आएपछि जिल्लाभित्र र बाहिरका व्यापारीहरू किसानको खेतसम्म पुग्ने गरेका छन् ।

mid  page add.PNG 1

अकबरे खुर्सानी बिक्री गरेर वार्षिक ५ लाख भन्दा धेरै कमाउने किसान धेरै छन् । माइजोगमाईका किसानहरूले अन्य खेती छाडेर नै भएभरको बारीमा अकबरे लगाएका छन् । माइजोगमाईका किसान श्यामप्रसाद न्यौपाने सातामा ७० केजीभन्दा बढी अकबरे बिक्री हुने गरेको बताउँछन् ।

‘वार्षिक कमाई ३ लाखको हाराहारीमा हुन्छ,’ उनले भने, ‘निम्न आयस्तर भएको परिवारलाई यो खेती थालेपछि घर खर्च चलाउन सहज भएको छ ।’ २ रोपनीदेखि २० रोपनी क्षेत्रफलसम्म अकबरे खेती विस्तार गरेर यहा“का किसानले राम्रै आम्दानी गरेका छन् । खा“दा स्वादिलो हुने र असर कम गर्ने भन्दै राजधानीसम्म अकबरेको माग बढ्दै गएको छ ।

इलाममा उत्पादित खुर्सानी पूर्वी तराई हुँदै भारतका सिलिगुढी, दार्जिलिङ, सिक्किम, कालिम्पोङ, मेघालय लगायतका बजारसम्म जाने गरेको छ । पछिल्लो समय हङकङ र सिंगापुरबाट समेत माग बढ्न थालेको छ । स्थानीय बजारमा प्रतिकेजी २ सय ५० देखि ४ सय ५० रुपैयाँसम्ममा अकबरे खुर्सानी बिक्री भइरहेको छ । अकबरे खुर्सानी १ हजारदेखि १ हजार ९ सय मिटरको उचाइसम्म खेती गर्न सकिने प्राविधिकहरूको भनाइ छ ।

akbare (1)

जिल्लाका हरेक गाउ“मा यसको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या थपिँदो छ । यहा“को अकबरेको बिउ खोज्दै पश्चिमी जिल्लाका किसान पनि आउने क्रम बढेको छ । चियाबारीको हरियालीस“गै कृषिको अध्ययनमा आउने टोलीले अकबरेको खेतीस्थल घुम्न छुटाउँदैनन् । प्याकिङ गरेर लामो समयसम्मसमेत राख्ने भएकाले यहा“ आउने आन्तरिक र बाहय पर्यटकले पनि कोसेलीको रूपमा लैजाने गरकाले अकबरेको बिक्री बढ्दै गएको छ ।

किसानबाट खरिद गरेर प्याकिङ गर्दै बजारसम्म पु¥याउनेलाई पनि रोजगारीको अवसर सिर्जना भएको छ । ‘अकबरेकै प्याकिङ गरेर जिल्ला र बाहिरका बजारसम्म पु¥याउन भ्याइनभ्याई छ,’ इलाम सदरमुकाममा उद्योग नै सञ्चालन गरेर कारोबार गर्दै आएकी उषा निरौलाले भनिन्, ‘माग बढ्दै गएकाले व्यस्तता पनि उत्तिकै छ ।’ निरौलाले बजारमा अकबरे खुर्सानीको अचार, पेस्ट, निम्की बनाएर बिक्री गर्दै आएकी छिन् । इलाममा १ सय ६३ हेक्टरमा ६ सय १० मेट्रिक टन अकबरे उत्पादन हुने गरेको छ । अकबरे बिक्रीबाट नै इलाममा वार्षिक १३ करोड ७५ लाख रुपैया“ भित्रिने कृषि ज्ञान केन्द्र प्रमुख रामसोगारथ साहले बताए ।

akabare ilam pradeshportal.com (2)