पथरीः मोरङको पथरीशनिश्चरे–२ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा संस्थाले ९ जना एकल महिलालाई जनही २ हजार रुपैयाँका दरले रकम वितरण गरेको थियो ।

स्थापना दिवसको अवसरमा माघ २२ गते सम्पन्न भएको ‘आर्थिक तथा सामाजिक रूपान्तणमा सहकारीको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कृत पनि गरेको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँका साथमा प्रमाणपत्र पाएका थिए ।

कार्यक्रमको समापनमा बोल्दै सभाध्यक्ष अमिर राईले नगरक्षेत्रमा रहेर पत्रकारिता गरी सहकारी विकासमा योगदान पु¥याउने एक पत्रकारलाई प्रत्येक २–२ वर्षमा सम्मान गर्ने समेत घोषणा गरेका छन् ।

सो साकोस यस वर्षको उत्कृष्ट सहकारी संस्थाका रूपमा जिल्ला बचत तथा ऋण सहकारी सङ्घबाट सम्मानित पनि भएको छ ।