गछियाः कृृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरहरैंचाको गछियामा लाग्ने एक्स्पोमा मुख्य प्रायोजक नभेटिएपछि आयोजक नै मुख्य प्रयोजक बन्ने भएको छ । सुन्दरदुलारी उद्योगवाणिज्य सँघले लगाउने तेस्रो सुन्दरहरैचा एक्सपो नाम दिएको एक्सपोमा मुख्य प्रयोजक नभेटिए पछि आयोजकका प्रमुख सल्लाहकार समेत रहेका ब्यावसायी भोलेश्वर दुलाल मुख्य प्रयोजक बनेका छन् । पुर्वाञ्चल ल्यूब आयल लुव्रिकेन्टसका सचालक समेत रहेका दुलाल आफै मुख्य प्रयोजक बनेका हुन ।
एक्सपो संचालक समितिका संयोजक तथा सुन्दरदुलारी उद्योग वाणिज्य सघका अध्यक्ष किसोर कार्की प्रयोजक बनेका छन । पाथिभरी कक्रिट उद्योगका संचालक समेत रहेका कार्की कोहि नभेटिए पछि आफै प्रयोजक आफै वसेका छन । फागुन ४ गतेदेखि १२ गते सम्म संचालन हुने एक्स्पोको मुख्य प्रयोजक तथा प्रयोजक नभेटिए पछि सफल बनाउन उनिहरु आफै खर्च गर्न तयार भएका हुन ।
रक्सीका डिलरहरुलेले मुख्य प्रयोजक तथा प्रयोजक बस्न चासो देखाएका थिए तर उद्योगा वाणिज्य संघले लगाउने एक्सपोमा रक्सि नराख्ने भनेर आँफै वसेको कार्कीले स्वीकार गरेका छन ।
एउटै उदेश्यका लागि पटक पटक एक्स्पो गरीएकाले लगानि गर्ने भेट्न छाडिएको स्थानियको बुझाई रहेको छ । एउटै उदेश्य वोकेका दुई वटा संस्थाले उदेश्यका एउटै भए पछि उद्योगवाणिज्य सघले लगाउने एक्सपोमा ब्यापारी समेत विभाजित भएका छन । सुन्दरहरैचाका विभिन्न ठाँउमा निर्माणधिन सार्वजनिक शैचालय निर्माणको नाम देखाउदै ब्यापारीहरुको हक हितका लागि लागि पर्ने सस्थाले फरक उदेश्य वोकेको कामका लागि एक्स्पो लगाउने भएका छन ।
यसअघिनै कोशिहरैचा उद्योग वाणिज्य सघले सार्वजनिक शैचालय निर्माणका लागि भनेर एक्सपो लगाई सकेको छ । पछिल्ला समय उद्योग वाणिज्यसघहरु एक्स्पो मेला महोत्सवमा लागेको भन्दै विरोध समेत सुरु हुन थालेको छ ।