इटहरी: ‘भ्यालेन्टाइन डे’ लाई नेपालमा प्रणय दिवसको रुपमा मनाइन्छ । प्रेमी प्रमीका हुनेले भेटघाट गर्ने र नहुनेले नयाँ सम्बन्ध शुरुगर्ने दिनको रुपमा प्रणय दिवस मनाउन शुरु गरिएकोछ । पछिल्लो समय ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढ्दै गएकोछ । युवा देखि अधवैसे जोडीसम्म यही दिनको अवसर पारेर प्रेमील भेटघाटमा व्यस्त हुन थालेकाछन् । त्यसमाथि पनि अविबाहित युवायुवतीको लागि त ‘भ्यालेन्टाइन डे’ महापर्वकै रुपमा परिचित छ ।

विभिन्न क्षेत्रका सेलीब्रेटीदेखि कलाकारसम्म ‘भ्यालेन्टाइन डे’को मौकामा बिभिन्न कार्यक्रममा व्यस्त हुने गर्छन । नेताहरुले पनि सामाजिक संजाल मार्फत प्रणय दिवसको शुभकामना दिइरहेकाछन् ।

mid-page-add-from-magh-25 1

नेपालकै एकमात्र अविवाहित मुख्यमन्त्री हुन् प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई । संयोग यस्तो प¥यो प्रणय दिवसकै दिन उनले नेतृत्व गरेको सरकारको एक बर्षे कार्यकाल पुरा भएकोछ । अविवाहितहरुको महापर्वमा उनको सम्ंग्नता प्रेममा भन्दा बढी सरकारी कामकाजमा देखियो । बिहानैदेखि औपचारिक कार्यक्रममा सामेल भएका उनी दिनै भरी व्यस्त रहे ।

बिहानको सात बजेदेखि उनको दैनिकी शुरु भयो । सरकारको एक बर्षे कार्यकालको समीक्षाको तयारी गर्नु थियो । त्यसभन्दा अगाडि नै उनलाई भेट्न पत्रकार महासंघको केन्द्रीय टोली उनको निवासमा पुगिसकेको थियो । उनीहरुसँगको आधा घण्टाको भेटघााट भयो । प्रत्रकार सँँगको भेटघाटपछि उनी एक बर्षे कार्यकालको बारेमा बोल्नुपर्ने बिषयको तयारीमा लागे ।

११ बजे पत्रकार सम्मेलनको अयोजना गरिएको थियो । त्यसको तयारीको लागि केही समय खर्च गरे उनले । त्यो बेलासम्म १० बजीसकेको थियो । निर्धारित समयभन्दा केही ढिलो गरी पत्रकार सम्मेलन शुरु भयो । सम्मेलन सक्दा नसक्दै संसद शुरु हुने बेला भएको थियो ।

cm in samsad pradesh portal

एक बर्षे कार्यकालको बारेमा प्रदेश सरकारले रचनात्मक काम गर्न नसकेको बिषयमा जवाफ दिनुपर्ने भएकोले उनको ध्यान त्यतैतिर तानियो ।
एक बर्षे कार्यकालको उपलब्धिलाई पत्रकारमाझ राखेका मुख्यमन्त्रीको ध्यान लगत्तै मन्त्रीपरिषदमा तानियो । त्यसपछि मन्त्रीपरिषदको बैठकमा दुइ घण्टा लामो समयपछि राती मात्र निवासमा पुगे ।

अविवाहितहरुको कुम्भमेला मानिएको प्रणय दिवसले मुख्यमन्त्री राईलाई भने छुन सकेन । यति सम्म कि, दिनभरी सामाजिक संजालको कुनै अपडेट लिन नपाएका उनले प्रणय दिवस भन्ने नै बिर्सिएका रहेछन् ।