इटहरीः यमाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एम ए डब्लुको आयोजना र इटहरीको तिरुपति अटो सिटीको संयोजकत्वमा आइतबार सम्पन्न ५ दिने यमाहा महामेलामा १५ जना ग्राहकको सित्तैमा सवारी दुर्घटना बीमा गरिएको छ ।

यमाहा कम्पनीको मोटरसाइकल तथा स्कुटरको इटहरी स्थित आधिकारिक विक्रेता तिरुपति अटो सिटीले १ लाखका दरले १५ जना ग्राहकको सवारी दुर्घटना बीमा सित्तैँमा गरिदिएको हो । फागुन ८ गतेदेखि शुरु महामेलामा सहभागी हुन आएका ग्राहकमध्ये लक्की ड्रबाट १५ जनाको सवारी दुर्घटना बीमा गरिएको तिरुपति अटो सिटी इटहरीका प्रोप्राइटर संजोग पराजुलीले बताए ।

महामेलामा प्रदेश नम्बर १ का विभिन्न जिल्लाबाट २ हजार ५ सय बढी सहभागी भएका थिए । महामेलामा विभिन्न जिल्लाहरूबाट आफ्m्ना पुराना मोटरसाइकल तथा स्कुटर लिएर एक्सचेन्ज गर्न र नयाँ खरिद गर्न ग्राहक इटहरी आएका थिए । आइतबारसम्ममा २ सय बढी मोटरसाइकल तथा स्कुटर बिक्री भएका छन् । केही थान गाडी बुकिङ समेत भएको बताइएको छ ।

यमाहा कम्पनीका एफजेड एस, आरवान फाइभ, एसजेड आरआर मोटरसाइकल महामेलामा बिक्री भएका थिए । त्यसमध्येका पनि कम इन्धन खर्चमा बढी माइलेज दिने स्यालुट मोटरसाइकल सबैभन्दा बढी बिक्री भएको छ । सो मोटरसाइकलको स्टक नै सकिएकाले कम्पनीबाट थप मगाइएको पराजुलीले बताए । पराजुलीका अनुसार धेरै ग्राहकले स्यालुट मोटरसाइकल बुकिङ गरेका छन् ।

महामेलामा आउनेलाई निःशुल्क प्रवेश दिइएको थियो । महामेलामा मोटरसाइकल खरिद बिक्रीका साथै ग्राहकहरूको मनोरञ्जनका लागि साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको प्रोप्राइटर पराजुलीले बताए ।

पराजुलीका अनुसार जुनसुकै कम्पनीको सवारी साधन आए पनि न्यूनतम ३० हजारको मूल्याङ्कन गरिएको थियो । महामेलामा न्यूनतम मूल्याङ्कन ३० हजार तोकिनुका अतिरिक्त निःशुल्क बाइकको जाँच, खरिदमा ६ हजारको छुट लगायतका सुविधाहरू समेत दिइएको थियो । यस खालका मेला पुनः कम्पनीका तर्फबाट आयोजना गरिने उनले जनाए ।

yamaha-r15-v30-racing-blue