पाँचथरः पाँचथर पावर कम्पनी लिमिटेडले सोमबारदेखि साधारण सेयर (आइपिओ) बिक्री शुरु गरेको छ ।

कम्पनीले १७ करोड ५० लाख २५ हजार रुपैयाँबराबरको १७ लाख ५० हजार २ सय ५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको ७ लाख ८७ हजार ७ सय ५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म बिक्री हुनेछ ।

कुल निष्कासनमध्ये ३५ हजार ५ कित्ता कम्पनीका कर्मचारी र ८७ हजार ५ सय १२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । कम्पनीले पाँचथरमा १४ दशमलव ९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कुल लागत २ अर्ब ६१ करोड ४७ लाख रहेको कम्पनीका सञ्चालक पुष्पज्योति ढुङ्गानाले बताए ।

केयर नेपाल लिमिटेडले गरेको रेटिङमा कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्दै ग्रेड चार प्वाइन्ट दिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।