विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारीलाई बलियो खम्बाको रूपमा स्थापित गरेमा मुलुकको आर्थिक समृद्धि हुने बताएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासङ्घद्वारा संयुक्त रूपमा विराटनगरमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्घनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक २ दिने प्रादेशिक गोष्ठीेको उद्घाटनमा उनले यस्तो बताएका हुन् । प्रदेश सहकारी ऐन प्रदेशसभामा पेश भइसकेको र सहकारीमैत्री आउनेमा उनले विश्वास दिलाए ।
महासङ्घका अध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले प्रदेशमा सहकारी अभियानले गति लिएको र यसमार्फत् ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय नारालाई सार्थक बनाउनुपर्ने विचार व्यक्त गरे । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले आगामी योजना बनाउन लागेको अवस्थामा गोष्ठीको निष्कर्ष मार्गदर्शन हुने बताए ।
प्रदेशसभा सदस्य जयराम यादव, सर्वध्वज साँवा, शेखरचन्द्र थापा र सावित्री रेग्मीले सहकारीमार्फत् नेपालीको आर्थिक जीवनस्तर उठाउनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव हस्तबहादुर विष्टले सहकारी अभियानको प्रवद्र्धनका लागि मन्त्रालयले सहकारीमैत्री वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।