इटहरीः धरानमा चैत ९ गतेबाट नयाँ सुजुकी अटोको सोरुम सञ्चालन हुने भएको छ । दयाराम अटो वक्र्सले सञ्चालन गर्ने सोरुम प्रदेश १ मा सञ्चालनमा आएको पाँचौ सोरुम हुनेछ । धरानमा भने यो एक्लो सुजुकी सोरुम हुने दयाराम अटो वक्र्सले बताएको छ । सोरुमका म्यानेजर जेसन मास्केका अनुसार यसअगाडि धरानबाहेक इटहरी, विराटनगर, दमक र बिर्तामोडमा सोरुम सञ्चालनमा रहेका छन् ।

विभिन्न २७ मोडेलका सुजुकी अटो बिक्री गरिने र मूल्य १० लाख रुपैयाँदेखि ४२ लाख रुपैयाँ सम्म हुुने म्यानेजर मास्केले बताए । मास्केका अनुसार ओम्निकार्गो भेन नामक गाडीको १० लाख ७९ हजार रकम पर्नेछ भने सबैभन्दा महङ्गो गाडी ब्रिजा जेडडि आइप्लस डुएलको ४२ लाख २९ हजार रकम पर्नेछ ।

सुलभ मूल्य, सहज सर्भिसिङ र अन्य सुविधाका कारण सुजुकी अटो अन्य समकक्षी अटोभन्दा राम्रो हुने म्यानेजर मास्केले बताए । भने, ‘बजारमा चार पाङ्ग्रेका धेरै अप्सन छन् तर सुजुकीको जस्तो राम्रो अप्सन भने अन्त छैन ।’