ताप्लेजुङः प्रभु बैंकले ताप्लेजुङको सदरमुकाम फुङलिङमा आफ्नो १ सय ६६ औँ शाखा विस्तार गरेको छ ।

शाखाको आज बिहान एक कार्यक्रमका बीच फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले उद्घाटन गरे । ताप्लेजुङका व्यापारी व्यवसायी, कर्मचारी एवम सर्वसाधारण नागरिकलाई सर्वसुलभ रूपले वित्तीय कारोबारमा सहयोग पु¥याउने उद्देश्यले शाखा विस्तार गरिएको प्रभु बैंकका १ नम्बर प्रदेश प्रमुख लेखराज कार्कीले बताए ।

ताप्लेजुङमा पर्यटन, जलविद्युत, कृषिजन्य उत्पादनको ठुलो सम्भावना भएकाले पनि ताप्लेजुङमा आफ्नो बैंकको उपस्थिति आवश्यक ठानिएको उनले बताए ।

यस्तै, भोलि झापाको चन्द्रगढी र मोरङको उर्लाबारीमा समेत शाखा उद्घाटन हुने ताप्लेजुङ शाखा प्रबन्धक खगेन्द्र निरौलाले जनाए । पछिल्लो समयमा ताप्लेजुङमा वित्तीय संस्थाको आकर्षण बढ्दै गएको छ । केही समय अघि लक्ष्मी बैंक र सिद्धार्थ बैंकले समेत आफ्नो शाखा बिस्तार गरेका थिए ।