धरानः धरान –१५ स्थित बगरकोटमा सञ्चालनमा रहेको एमएच बिबि क्यु होटलले आइतबारदेखि लज पनि सञ्चालनमा ल्याएको छ ।

यसअघि बगरकोटका होटलमा लजको सुविधा थिएन । सो पहिलो लजको धरान–१५ का वडाध्यक्ष नरेश इवारमले शुभारम्भ गरेका छन् । होटल तथा लज सञ्चालक जीवन मेन्याङ्बोले ३० लाख थप लगानी गरेर लज शुरु गरेको बताए ।

उनका अनुसार लजको शुल्क २ हजारदेखि २ हजार २ सय रुपैयाँसम्म रहेको छ । उद्घाटनको अवसरमा एक हप्तासम्म ३० प्रतिशत छुटको व्यवस्था समेत गरिएको उनले बताए । शान्त वातावरणमा ४ वटा किङ साइज बेड सहितको स्वीट रुमाको व्यवस्था गरिएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि इवारमले बगरकोट धरानको ‘बिजनेस हब’ बन्दै गएको बताए ।

स्थानीय सरकारले पर्यटन प्रवद्र्धन गर्न बगरकोटका व्यवसायीहरूलाई सहयोग गर्नुपर्ने र त्यसका लागि आफू सहयोग गर्न तयार रहेको उनले बताए ।