इटहरीः दुइ दर्जन विज्ञान एजेन्सीको नेतृत्व गर्दै नेपाल विज्ञान संघ प्रदेश १ समितीको संयोजकमा पवन अधिकारी चयन भएका छन् । उनले मिडिया बचाउने काममा सक्रिय हुने प्रतिक्रिया दिएका छन् । अधिकारीले मिडियामा असमान विज्ञापन वितरण प्रणाली भएको भन्दै ति मिडिया बचाउनु प्रमुख दायित्व रहेको बताएका छन् ।

‘ठुला मिडियालाई मात्र विज्ञापन दिने जुन प्रचलन छ म त्यस्तो सोचमा विश्वास राख्दिन, सबै मिडियाको समाजमा उस्तै भुमिका हुन्छ ’ अधिकारीले भने– ‘ अस्तित्वमा आएका मिडियालाई बचाउने मेरो काम हुनेछ ।’

उनले विज्ञापन बजारमा अस्वस्थ प्रतिस्पर्धा रहेको हुँदा त्यसलाई हटाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसाय प्रतिको दृष्टिकोण बदलिएको भन्दै आफु व्यवसायिक बन्नुको विकल्प नभएको उनको ठहर छ । अधिकारीले उद्योगीहरुसँगको साक्षात्कारलाई तीव्रता दिने बताए । भने– ‘धैरैलाई विज्ञापन गर्नुभनेको खर्च गर्नु हो भन्ने भ्रम छ, म त्यसलाई लगानी हो भन्ने बुझाउन चाहन्छु ।’ उनि इटहरीस्थित पाभिथरा एड्भटाइजिङका संचालक हुन् ।

केन्द्रिय अध्यक्ष सहितका पदाधिकारी इटहरीमा भएको भेलाले अधिकारीलाइ १ नम्बर प्रदेशको संयोजक तोकिएको संघका अध्यक्ष शशि रिजालले जानकारी दिए । रिजालले करिव १२ अर्वको वार्षिक विज्ञान बजारलाई फराकिलो बनाउन पनि प्रादेशकि चरणमा समिति आवश्यक भएको बताए । स्थानीय सरकार बनिसकेको अवस्थामा अतिआवश्यक विज्ञान गर्नुपर्ने विषयलाई समितिे सहजता प्रदान गर्दिने काम गर्ने बताए ।

रिजालले सीमित नेपाली विज्ञापन बजारलाई फराकिलो बनाउन सरकारले सामाजिक संजालमा गरिने विज्ञानलाई दायरामा ल्याउन माग गरेका छन् । उनकाअनुसार अहिलेको विज्ञानको भोलम बढेर १६ अर्व सम्ममा पुग्ने देखिन्छ भने सरकारलाई सोहि अनुपातमा राजस्व पनि प्राप्त हुने देखिन्छ ।
रिजालका अनुसार नेपाल बिज्ञापन संघलाइ आउदो अधिबेशन पछि ७ ओटै प्रदेशमा बिस्तार गरिनेछ ।