धरानः प्रदेश नम्बर १ को लोकप्रिय बैंक मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकोे चुक्तापूँजी ५८ करोड ५० लाख पुगेको छ । बैंकले सञ्चित नाफाबाट शेयरधनीलाई १७ प्रतिशतका दरले हुने बोनस शेयर रकम ८ करोड ५० लाख रुपैयाँ बाँड्ने भएको छ ।
गत शनिबार सम्पन्न बैंकको १३ औं साधारणसभाले यसका लागि स्वीकृति दिएको हो । साधारणसभाले बैंकको सञ्चालक समिति पनि चयन गरेको छ । सञ्चालक समितिको अध्यक्षमा किसन मास्के चयन भएका छन् ।
साधारणसभाले बैंकको सञ्चालक समिति सदस्यमा सुनिल श्रेष्ठ र गम्भीरमान ताण्डुकारलाई चयन गरेको छ । बैंकको स्वतन्त्र सञ्चालक समिति सदस्य पदमा जानुका भट्टराई थापालाई नियुक्त गरेको छ ।
साधारणसभाबाट चयन भएका समितिका सदस्यलाई आइतबार शपथ ग्रहण गराइएको छ । शपथ ग्रहण कार्यक्रममा मितेरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीको पनि उपस्थिति रहेको थियो । १८ वटा शाखा कार्यालय रहेको मितेरी बैंकको मुख्य कार्यालय धरानमा छ ।