इटहरीः धरानको हाथवे फाइनान्सले चुक्ता पूँजीको १ सय ८० प्रतिशत हकप्रद रद्द गर्ने भएको छ । फाइनान्सको २१ औं वार्षिक साधारणबाट पारित सो हकप्रद रद्द गर्ने विशेष प्रस्ताव २२ औं वार्षिक साधारण सभामा राखिने भएको छ ।
फाइनान्सले २१ औं वार्षिक साधारणबाट पारित सभाबाट पारित भएको चुक्ता पूँजी ३० करोड रुपैयाँको १ सय ८० प्रतिशतले हुन आउने ५४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न स्वीकृत गरिएको निर्णयलाई रद्द गर्ने निर्णय गरेको हो ।
पहिलेको अरुण फाइनान्सलाई हाथवे समूहले सम्हालेपछि फाइनान्सको नाम हाथवे राखिएको थियो । सो फाइनान्सलाई ग्लोबल आईएमई बैंकले प्राप्ति गर्ने भएपछि उक्त हकप्रद प्रस्ताव रद्द गर्न लागेको हो । हाथवेले चैत २६ गते साधारण सभा आह्वान गरेको छ ।