झापाः नेपाल रेडक्रस सोसाइटी झापाले बारा र पर्सामा हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल रु ५० हजार सहयोग गर्ने घोषणा गरेको छ ।

रेडक्रस सोसाइटी झापाले आज विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा मानवीय सहयोग गर्न तत्कालका लागि रु ५० हजार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैबीच, नेपाल जेसीजले पनि विज्ञप्ति जारी गर्दै मानवीय सहायतामा जुट्न सबैसँग आह्वान गरेको छ । नेपाल जेसीजका सन् २०१९ का अध्यक्ष सिनेटर महेश पौडेलले देशभरका जेसीजकर्मीलाई सहयोगमा जुट्न आग्रह गरेका छन् ।