विराटनगरः प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सरकारको कामले असन्तुुष्ट भएको बताएका छन् । विराटनगरमा आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कर्यक्रममा उनले तेस्रो चौमासिकको अवस्थामा आइसक्दा विकास बजेट सोचेअनुुसार खर्च नभएको बताएका हुन् ।
उनले नेपालीको खर्च गर्ने प्रणालीमा सुधार आउन नसक्नुुमा पुुराना कानुुनी जटिलता रहेको आंैल्याए । ‘झञ्झटिलो कानुुनी व्यवस्थाका कारण सोचेअनुसारको सफलता हासिल गर्न सकिएको छैन’, उनले भने, ‘खरिद ऐनलगायतका दर्जनौँ कानुन परिमार्जनको आवश्यता रहेको छ ।’
उनले वित्तीय सुशासनमा रहेर काम गर्नुपर्ने अवस्थाका बीच मनोमानी खर्च गर्ने प्रणालीलाई आफूले निरुत्साहित पार्ने बताए । ‘पैसा थुप्रिनुु विकासका लागि बाधक हो भन्ने जान्दाजान्दै पनि म जथाभावी खर्च गर्ने परिपाटीलाई प्रोत्साहन दिन सक्दिनँ,’ उनले भने ।
मन्त्री आङ्बोले योजना छनोटकै चरणदेखि नीतिगत भ्रष्टाचार हुने बताए । योजना छनोटका बेला सही ढङ्गले सोचिएन भने जनताले चाहेअनुसारको काम गर्न सम्भव छैन’, उनले भने, ‘त्यसैले तल्लो तहदेखि नै मिडिया र जनताले योजना छनोटलाई सही ढङ्गले नियालिदिनुपर्छ ।’
उनले प्रदेश सरकारमा मात्र नभई तीनै तहमा सोचेअनुसारको खर्च हुन नसकेको बताए । सङ्घीयता कार्यान्वयनको वर्ष भएको हुँदा भनेजस्तो खर्च नभए पनि सरकारी ढिकुुटीलाई दुरुपयोग हुन नदिनेबारे सचेत हुने उनले बताए ।
सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी कार्यक्रममा व्यवसायी, पत्रकार र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।