इटहरीः यमाहा शोरुम तिरुपति अटो सिटी इटहरीले नयाँ वर्ष २०७६ लाई मध्यनजर गर्दै यमाहाको मोटरसाइकल र स्कुटर खरीदमा स्क्र्याच कुपनको व्यवस्था गरेको जनाएको छ ।
कुपन स्क्र्याच गरेर ग्राहकले ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म रकम पाउने जनाइएको छ । त्यस्तै, लक्की ड्रमार्फत् प्रत्येक हप्ता १ जना ग्राहकलाई ५ ग्रामको सुनको सिक्का दिइने योजना अघि सारेको बताइएको छ । स्क्र्याच कुपन ग्राहकले सवारी साधन खरीद गर्नासाथ पाउने र लक्की ड्रको नतिजाचाहिँ हरेक आइतबार सार्वजनिक गरिने बताइएको छ ।
अघिल्लो साताको लक्की ड्रबाट वराहक्षेत्र–७ की मेनुका लिम्बू छानिएको तिरुपति अटो सिटीले जनाएको छ । होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीको उपस्थितिमा लक्की ड्रबाट विजेता छनोट गरिएको बताइएको छ । हरेक आइतबार लक्की ड्रबाट सुनको सिक्का विजेताको नाम घोषणा गरिने बताइएको छ ।
सवारी साधन खरीद गर्दा नै ग्राहकलाई हरेक आइतबार लक्की ड्र गरिने हुँदा उपस्थित हुन आह्वान गर्ने गरिएको पनि शोरुमले जनाएको छ । चैत १८ देखि ३ दिनसम्म यमाहा एक्सचेन्ज अफर पनि चलिरहेको बताइएको छ ।