विराटनगरः प्रदेश नम्बर १ का दुुई व्यापारिक संस्थाले उद्योग बचाउने नीति ल्याउन प्रदेश अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन् । विराटनगरमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले तीन तहकै सरकारको उद्देश्य कर सङ्कलन गर्नेतर्फबाट केन्द्रित रहेको आरोप लगाएका छन् ।

उनले प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई आग्रह गर्दै भने, ‘हामी त सरकारलाई ‘कर सरकार’ भन्न थालेका छौँ, जहाँ गयो कर बाहेकको कुरै छैन ।’ उनले प्रश्न गरे, ‘कर लिने सरकारले सेवा चाहिँ के दियौँ भन्ने सोच्नुपर्दैन ?’

घिमिरेले बैंक र बीमा कम्पनीको दादागिरी भइरहेको समयमा अब स्थानीय र प्रदेश सरकारको नाममा पनि दादागिरी शुरु भएको गुुनासो गरे । जिल्ला निकासी कर, उद्योग, कलकारखानामाथिको अतिरिक्त करले व्यवसायीको ढाड भाँचिएको भन्दै स्थानीय उद्योग बलियो बने मात्र तल्लो तहदेखिकै अर्थव्यवस्था पनि मजबुत हुने बुुझ्न आग्रह गरे ।

विकास बजेट ढिकुटीमा थन्किएका कारण बजारमा पैसाको अभाव रहेको भन्दै चाँडो गाँठो फुुकाउन उनले मन्त्रीसमक्ष आग्रह गरे । खर्च बढाउने परिपाटीको विकास गर्न आग्रह गर्दै सोही अनुसार पारदर्शी र सुशासनमैत्री प्रशासन सञ्चालनका लागि घिमिरेले आग्रह पनि गरे ।

अर्का व्यवसायी तथा मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले देशलाई निकासको बाटोमा लग्ने हो भने व्यवसायमैत्री कानुन बनाउनुपर्नेमा जोड दिए । सरकारी लक्ष्य हासिल गर्न रोजगारीको वातावरण सिर्जना गर्नुुपर्ने आवश्यकता रहेको भन्दै निजी क्षेत्रमैत्री वातावरण बन्न नसकेकोप्रति गुनासो पोखे ।

‘हामीलाई जुन सरकार आए पनि उही हो, पटकपटक हाम्रा समस्या त राख्छौँ, तर भनेअनुसार सम्बोधन हुँदैन ।’ नेपालको जस्तोसुकै अवस्थामा पनि व्यवसाय गर्ने व्यक्ति सच्चा देशभक्त भएको दाबी उनले गरे । राजनीतिक अवस्थाप्रति कति पनि वितृष्णा उत्पन्न नभई निरन्तर देशको सेवामा लागि रहेको भन्दै निजी क्षेत्रले मुुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिएको बताए ।

स्थानीय सरकारसँग असन्तुष्टि पोखेका सारडाले भने, ‘खानेपानी, विद्युत, बाटोलगायतका सेवासुविधा दिएको छ कि छैन भनेर नहेर्ने, अनि उद्योगीसँग कर मात्र लिने ?’ स्थानीय सरकारले सेवा नदिएर अधिकार मात्र उपभोग गर्न खोजेको उनको गुनासो थियो ।
उद्योगी व्यवसायीलाई पाइलैपिच्छे दुःख दिने काम भइरहेको भन्दै यस्तो वातावरणमा काम गर्न कठिन हुने उनले बताए । ‘हामीले पटकपटक आन्दोलन ग¥यौँ, अब हामी आन्दोलन गर्दैनौँ, एकैपटक उद्योग ठप्प पार्छाैं,’ उनले भने ।

व्यवसायप्रति लक्षित गर्दै मन्त्री इन्द्र आङ्बोले बिस्तारै राजनीतिक वातावरण बन्दै गएको भन्दै सकारात्मक हुन आग्रह गरे । नकारात्मक कुरा मात्र गर्दा साँच्चै त्यस्तै हो कि भन्नै भ्रम हुन सक्ने भन्दै उनले भने, ‘व्यवसायीका गुनासा बिस्तारै सम्बोधन हुँदैछन् । वित्तीय संस्थाहरुले पनि बिस्तारै ब्याजदर घटाउँदै लगेका छन् ।’ उनले सबैलाई मान्य हुने कानुन निर्माण हुने भन्दै लगानीमैत्री वातावरण बनाउने सवालमा प्रदेश सरकार सकारात्मक रहेको तर्क गरे ।