इटहरीः नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गरिमा रेमिट सेवा प्रवाह गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ ।
गत मङ्गलबार गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
देशभर नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिटमार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सहज भएको सो बैंकका रिजनल म्यानेजर मीनप्रसाद सुवेदीले बताए ।