इटहरीः बुधबारदेखि कामना सेवा विकास बैंकले मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं–१ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका सञ्चालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रूपमा शाखाको कारोबार उद्घाटन गरे । प्रमुख कार्यकारी अधिकृत बस्नेतले पूर्वी नेपालमा अझै तीव्र रूपमा व्यापार विस्तार गर्ने योजना रहेको बताए ।
पथरीसहित ८० वटा शाखा र ३४ वटा एटीएममार्फत् ग्राहकलाई सेवा दिइरहेको पनि बैंकले जनाएको छ ।