भोजपुरः बारा र पर्सामा हावाहुरीबाट प्रभावित परिवारका लागि आज भोजपुरमा राहत सङ्कलन गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ भोजपुर, गैरसरकारी संस्था महासङ्घ भोजपुर र नागरिक समाज भोजपुरको अगुवाइमा भोजपुर बजार क्षेत्रमा आज राहत सङ्कलन गरिएको हो ।
ऐच्छिक रूपमा सङ्कलित राहत ५६ हजार ३ सय ७१ रुपैयाँ उठेको गैरसरकारी संस्था महासङ्घ भोजपुरका अध्यक्ष बलराम राईले बताए । जिल्लामा सङ्कलित सो रकम मुख्यमन्त्री राहत कोष प्रदेश नम्बर २ को राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिएको पत्रकार महासङ्घ भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले बताए ।