इटहरीः एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ३० औं शाखा इटहरीमा स्थापना भएको छ । कम्पनीले १२ औं वार्षिकोत्सवको अवसर पारेर इटहरीमा नयाँ शाखा सञ्चालन गरेको जनाएको छ ।

शाखाको इटहरी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्रप्रसाद कोइरालाले बिहीबार उद्घाटन गरे । कम्पनीको अधिकृत पूँजी ५ अर्ब र जीवन बीमा कोष १५ अर्बभन्दा बढी रहेको बताइएको छ । ४ लाख ५५ हजारभन्दा बढी बीमालेख जारी गरिसकेको कम्पनीले जनाएको छ ।

विभिन्न क्षेत्रमा १५ अर्ब ३५ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको कम्पनीका देशभर १ सय १५ ओटा शाखा तथा उपशाखा रहेको बताइएको छ ।

itahari branch opening Asian Life (7) itahari branch opening Asian Life (16)