इटहरीः नेपाल बङ्गलादेश बैंकले ८६ औं शाखा दमकमा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी तथा बैंकका सञ्चालक मुकुन्दनाथ ढुङ्गेलले संयुक्त रूपमा गरेका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैंकका सेवाको बारेमा जानकारी दिएका थिए ।

दमक शाखासहित बैंकले ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ६७ वटा एटिएमबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ ।